अब थवाङ समृद्धि र विकासको अभियानमा सामेल हुनुपर्छः उपराष्ट्रपति पुन | Khabarhub Khabarhub

अब थवाङ समृद्धि र विकासको अभियानमा सामेल हुनुपर्छः उपराष्ट्रपति पुन


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– उपराष्ट्रपति नन्दबहादुर पुनले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको बताएका छन् ।

माओवादी जनयुद्धको उद्गम थलो रोल्पाको थवाङस्थित आफैंले विद्यालय तहको अध्ययन गरेको वीर बलभद्र माविलाई नमुना विद्यालय घोषणा गर्न आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले जनयुद्ध सम्झिए ।

मुलुकका अन्य भेगमा गणतन्त्रको नारा सिथिल भइसकेका बेला थवाङ र रोल्पाले उक्त नारा सशक्त रुपमा उठाएर मुलुकभर नै जागरण पैदा गरेको उनले बताए ।

उनले अब थवाङले राजनीतिक मूलप्रवाहमा समाहित भएर समृद्धि र विकासको अभियानमा सामेल हुनुपर्ने उनको भनाइ थियो ।

‘इतिहासमा थवाङ र रोल्पा सधैं राज्यसत्ताको विरुद्ध उभियो । जनयुद्धमार्फत गणतन्त्रको झण्डा उठायो’, उपराष्ट्रपतिले भने, ‘जनयुद्धकै कारण राजतन्त्रको अन्त्य भएको छ । नेपालबाट सामान्तवादको अन्त्य भएको छ । गणतन्त्र र संविधान हाम्रो बच्चा हो । बाबुआमाले माया गरेर बालबच्चा हुर्काएजस्तै हामीले संविधानको संरक्षण गर्नुपर्छ, यसलाई हुर्काउनुपर्छ ।’

उनले भने, ‘राज्यसत्ताका विरुद्ध उभिएका हामी अब स्थानीय तह, प्रदेश र संघीय सरकारमा छौं । अब जनतालाई माग राख्न मात्र सिकाएर हुँदैन । हामीले माग पूरा गर्नुपर्छ ।’

रोल्पालीहरु मुलुकको साधनश्रोत वितरण गर्ने ठाउँमा पुगेकाले अब आफ्नो गाउँ र जिल्लाको सबै मिलेर विकास गर्नुपर्नेमा उनले जोड दिए ।
विगतमा रोल्पाली नेतृत्व र जनता एकाकार हुँदा मुलुकबाटै सामन्तवादको अन्त्य भएको भन्दै उनले विकास र समृद्धि हासिल गर्न पनि नेतृत्व र जनता एकाकार हुनुको विकल्प नरहेको बताए ।

उपराष्ट्रपतिले आफूहरुले सहिदको रगतको मूल्य नभुलेको चर्चा गर्दै सहिदलाई कुनै व्यक्ति र पार्टीको पेवा बनाउने प्रयास नगर्न पनि उनले चेतावनी दिए ।

‘नुन बोक्न दाङ र कोइलाबास जानुपथ्र्यो । अहिले आफ्नै घरमा नुन आइपुगेको छ । सहिद मार्गका कारण थवाङसम्म गाडी आएको छ । खोलाहरुमा पुल बनेका छन् । कृषिमा आधुनिकीकरण हुँदैछ ।’ उपराष्ट्रपति पुनले भने, ‘नेपालकै ठूलो सोलार ग्रिड थवाङमै बनिरहेको छ । स्वास्थ्य र शिक्षाको अवस्थामा धेरै सुधार भएको छ । सिंगो जिल्ला विद्युतीकरण हुँदैछ ।’

उनले रोल्पा र थवाङको अनुहार फेर्ने कामको नेतृत्व क्रान्तिबाट आएका रोल्पाली नेताहरुले गरिरहेको बताए ।

फरक प्रसंगमा उपराष्ट्रपति पुनले संविधानमा शिक्षालाई मौलिक हकका रुपमा लेखिए पनि निजीकरणलाई निरुत्साहन नगरेसम्म सामुदायिक विद्यालयको स्तर सुधार्न कठिन हुने बताए ।

प्रतिस्पर्धी र राष्ट्रहितमा समर्पित विद्यार्थी उत्पादन गर्ने खालको शिक्षा नीति जरुरी रहको उनको धारणा थियो । धनीलाई एक प्रकारको र गरिबलाई अर्को प्रकारको शिक्षा हुने अवस्था कायमै रहे समाजमा द्वन्द्व, अशान्ति, भ्रष्टाचार र अनियमितता नघट्ने भएकाले सम्वद्ध सबैलाई त्यसलाई मनन गर्नुपर्ने उहाँको भनाइ थियो ।

उपराष्ट्रपतिले सोही विद्यालयबाट ३४ वर्षअघि एसएलसी पास गर्नुभएको थियो ।

कार्यक्रममा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले यसै आर्थिक वर्षभित्र रोल्पा जिल्लाभर विद्युतीकरण गरिसक्ने योजना रहेको बताए ।

‘यही वर्षभित्र जिल्लाको सबैतिर बिजुली पुगिसक्छ’, मन्त्री पुनले भने, ‘अब अँध्यारो रोल्पा रहँदैन । रोल्पा उज्यालो हुन्छ ।’ रोल्पाबाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पुनले नेपालकै सबैभन्दा ठूलो सोलार मिनी ग्रेड थवाङमा निर्माण भइरहेको भन्दै अब थवाङमा जनताले अँध्यारोमा बस्ने दिन सकिएको घोषणा गरे ।

कार्यक्रममा मन्त्री पुन र पूर्वसभामुख ओनसरी घर्तीले आफूहरुको दुई÷दुई महिनाको तलब वीर बलभद्र नमुना माविको अक्षयकोषका लागि दिने घोषणासमेत गरे ।

कार्यक्रममा शिक्षमन्त्री गिरिराजमणि पोखरेलले नेपालमा गणतन्त्र स्थापना गर्न थवाङको ठूलो भूमिका रहेको स्मरण गरे । थवाङ सचेत र जागृत जनता बस्ने थलो भएको भन्दै मन्त्री पोखरेलले अब स्तरीय शिक्षाको थलो बनाउन सुझाव दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ५ : ४२ बजे

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन

दक्ष सर्प उद्दारकर्ता (फोटो फिचर)

काठमाडौं – दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौं जिल्लासहित यस