किमोथेरापी लिने बिरामीलाई १० टिप्स « Khabarhub

किमोथेरापी लिने बिरामीलाई १० टिप्स


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आजकल खानपान तथा गलत जीवनशैलीका कारण मानिसमा क्यान्सर हुने गरेको छ ।

रातभरि नसुती काम गर्ने, आर्सेनिकयुक्त खाना खाने, प्रदुषणमा रहनु, तनावयुक्त जीवन जिउने तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा क्यान्सरको खतरा रहन्छ ।

एक सर्वेक्षणका अनुसार गम्भिर प्रकारको क्यान्सरका २७ प्रतिशत बिरामी क्यान्सर भन्दा पनि उपचारको क्रममा हुने किमोथेरापीका कारण मर्ने गरेका छन् ।

किमोका कारण साधारण र क्यान्सर सेल दुवै मर्दछन् । यस्तो अवस्थामा नयाँ उपचार जसलाई इम्यूनो थेरापी भनिन्छ, त्यसमा क्यान्सर सेललाई निशाना गरेर मार्न सकिन्छ ।

किमोथेरापी र रेडियो थेरापीले शरीरमा लाभ हुनु भन्दा हानी धेरै हुन्छ । किमो दिएपछि क्यान्सर सेल सँग–सँगै रोग प्रतिरोधक क्षमता र नर्मल सेल पनि मर्ने गर्दछन् । जसका कारण क्यान्सर जति कम हुन्छ, त्यसको धेरै गुना इम्यून सिस्टम विग्रन्छ ।

जसका कारण बारम्बार इन्फेक्सन हुनु, कमजोर हुनु, वजन कम हुनु, हड्डिहरु कमजोर हुनु, कपाल झर्नु, किड्नी र लिभर विग्रनु लगायतका समस्याहरु उत्पन्न हुन्छन् ।

तसर्थ शरीरमा क्यान्सरको प्रकार, त्यसको मात्रा, वजन, उमेर, अन्य कुनै रोग आदि सबैलाई ध्यानमा राखेर किमोथेरापी दिनु अवाश्यक छ ।

किमोथेरापी गर्दा बिरामीको रोग कम होस् र बिरामीलाई कुनै प्रकारको असुविधा पनि नहोस् भनेर ध्यान दिनुपर्छ ।

किमोथेरापी गर्ने बिरामीले धेरै समस्या खेप्नुपर्छ । बिरामीले आहारविहारमा परहेज गर्नुपर्ने त छँदै छ । खाने क्रममा पनि हैरानी बेहोर्नुपर्ने हुन्छ ।

भोक नलाग्ने, मुखमा बिमिरा आउने, खाना निल्न गाह्रो हुने, पोलेको महसुस हुने, खानाको स्वाद नै बदलिए जस्तो लाग्ने, गन्ध आउने लगायत हुन्छ ।

तसर्थ बिरामीले निम्न कुरा पालना गर्नु आवश्यक हुन्छ :

१. किमोथेरापी गरेका बिरामीले दैनिक ७/८ पटक थोरै–थोरै भोजन गर्ने ।
२. खाना चपाउन वा निल्न गाह्रो भएमा खानालाई बढी समय पकाएर नरम बनाएर खाने ।
३. बिरामीलाई स्वाउने खानेकुरा पकाउने भाडा स्वच्छ हुनुपर्छ ।
४. दैनिक २/३ लिटर तरल पदार्थ सेवन गर्नुपर्छ । उमालेको पेय पिउनु उत्तम हुन्छ ।
५. पिरो र मसलेदार खानेकुरा नखाने ।
६. घर बाहिरको (होटल, क्यान्टिन वा सडकमा बनाइएको) खानेकुरा नखाने ।
७. अचार, पापड, अमिलो दही र प्याकेटमा बन्द स्न्याक्स नखाने ।
८. कृत्रिम रङ, गन्ध र स्वाद प्रयोग गरिएका खानेकुरा नखाने ।
९. बाक्लो बोक्रा भएको फलफुल केरा, अनार खाने ।
१०. बिरामी भेट्न आउनेले सरसफाइमा ध्यान दिने र निश्चित दूरीमा राख्ने ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ६ : ३२ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो