चिसो मौसममा खानु पर्ने ४ मसला « Khabarhub

चिसो मौसममा खानु पर्ने ४ मसला


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मसलेदार खानेकुरा कसलाई मन नर्पला र ? कुनै पनि परिकार विशेषत तरकारीमा मसला हालेमा त्यसले स्वाद बढाउनुका साथै खाना समेत रुचाउने गर्दछ ।

विशेषतः चिसो मौसममा भएको मौसमी परिवर्तनले शरीरमा चिसो उत्पन्न हुन्छ । यस्तो बेला शरीरलाई तातो हुने खानेकुरा खानुपर्छ । शरीरलाई भित्रैबाट तातो राख्नका लागि गरम मसला नै सबभन्दा उपयुक्त हुन्छ ।

भोजनमा केही मसलाको प्रयोग गर्दा शरीर पनि तातो हुन्छ र रोगबाट पनि बचिन्छ । तसर्थ चिसो मौसममा यी ४ मसला प्रयोग गर्नु लाभदायक हुन्छ ।

१. मरिच
खानाको स्वाद बढाउन साथै रोग भगाउँन पनि मरिचले उपयोगी मानिन्छ । चिसो मौसममा मरिच खाँदा रुघाखोकी, पेटको संक्रमण र ज्वरोबाट समेत जोगिन सकिन्छ । अझ मरीचलाई महमा मिसाएर खाँएमा स्मरणशक्ति समेत बढ्दछ ।

२. जाइफल
अनेकौं औषधीय गुणले भरपूर जाइफलको सेवनले खाना पचाउँनुका साथै रुचि पनि जगाउँछ । यसका साथै पेटको रोग निको पार्न र पाचक रस बढाउँन पनि जाइफल उपयोगी हुन्छ । जाइफललाई घोटेर तातो पानीसँग पिउँदा पखाला, रुघा र खोकी समेत निको हुन्छ ।

३. सुकेको अदुवा
सुकेको अदुवा खानासँग खाएमा वा खानामा प्रयोग गरेमा मुटुरोग, छाति गाँठो पर्ने, पाचन समस्या, कब्जियत, पखाला, र खोकी जस्ता समस्याबाट मुक्ति पाइन्छ । यसका साथै सुकेको अदुवालाई नून, दही र महीमा मिसाएर खाँएमा समेत स्वास्थ्यलाई लाभ पुग्दछ ।

४. तेजपत्ता
गरम मसला मध्ये एक तेजपातको सेवनले खोकी, कफ, ज्वरो, रुघा निको हुन्छ । साथै पिसाब रोग, आन्द्रा सुन्निएको, टाउको दुखेको र रक्तअल्पता जस्ता रोग समेत निको हुन्छ । तेजपात र सुकेको अदुवा काँढा बनाएर खाँएमा रुघा र खोकी ठीक हुन्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ६ : ३६ बजे

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २१ गते शनिबार वैशाख

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय