हिउँदे मकैको घोगामा दाना नलाग्दा किसान चिन्तित « Khabarhub

हिउँदे मकैको घोगामा दाना नलाग्दा किसान चिन्तित


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा-  यसवर्ष हिउँदे मकै खेती गरिएको क्षेत्रमध्ये केही क्षेत्रमा मकैको घोगामा दाना नलागी धानबालामा नै दाना लागेपछि बारा जिल्लाका कृषक चिन्तित बनेका छन् ।

किसानले यसवर्ष हिउँदे करिब पाँच हजार ३५ हेक्टर क्षेत्रफलमा विभिन्न जातको मकै खेती गरेकामा निजगढ, सिगौल, रतनपुरी, सिमरा, डुमनवाना, मनहर्वा कोल्हवी, सपही गरी करिब २०० हेक्टर क्षेत्रफलमा मकै बालीमा समस्या देखापरेको कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।

सो क्षेत्रमा लगाइएको मकै बाली हृष्टपुष्ट पोषक नभएको साथै मकैको धानबालामा दाना लागेको हुनाले किसानले समस्या भोग्नुपरेको ज्ञान केन्द्रका गेनालाल मण्डलले बताए ।

सम्बन्धित निकायद्वारा सूचीकृत गरिएको र नगरिएको किसानको मकै खेतमा समस्या देखएको हो । गत वर्ष कृषकले करिब चार हजार ८३५ हेक्टर खेती गरी प्रति हेक्टर ६ दशमलव ५ मेट्रिकटनका दरले ३१ हजार ४२७ मेट्रिकटन हिउँदे मकै उत्पादन भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १० : ३० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको