कोरोना भाइरस : अमेरिकामा ४१९ को मृत्यु, न्यूयोर्कमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुने चेतावनी « Khabarhub

कोरोना भाइरस : अमेरिकामा ४१९ को मृत्यु, न्यूयोर्कमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुने चेतावनी


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय १९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय १७ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ४ सय १९ पुगेको हो ।

९ हजार ३ सय ३९ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ४६ पुगेको छ । यो संख्या चीन र इटालीपछिको सबैभन्दा धेरै हो ।

यसैबीच अमेरिकाको अबको केही दिनभित्रै अत्यावश्यक मेडिकल इक्इप्मेन्ट (स्वास्थ्य सामग्री) को अभाव हुने त्यहाँको मेयरले चेतावनी दिएका छन् ।

तत्काल व्यवस्था हुन नसके अहिलेको सामग्री १० दिन भन्दा बढी नथेग्ने र अझ धेरै मानिसको मृत्यु हुन सक्ने मेयर बिल डी ब्लासिओले चेतावनी दिएका छन् ।

ब्लासिओका अनुसार तत्कालै अत्यावश्यक सामग्रीको व्यवस्था गर्न जरुरी छ । भेन्टिलेटर पनि उपलब्ध नहुने अवस्था सृजना नहुने अवस्था आउन नदिन अहिलेबाटै तयारी गर्न आवश्यक छ ।

न्यूयोर्क राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको छ । अमेरिकामा कोरोनाबाट संक्रमित हुनेमध्ये झण्डै आधा मानिसहरु त्यहीको भएको बताइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ७ : १८ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।