कोरोना भाइरस : अमेरिकामा ४१९ को मृत्यु, न्यूयोर्कमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुने चेतावनी « Khabarhub

कोरोना भाइरस : अमेरिकामा ४१९ को मृत्यु, न्यूयोर्कमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुने चेतावनी


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय १९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय १७ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ४ सय १९ पुगेको हो ।

९ हजार ३ सय ३९ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ४६ पुगेको छ । यो संख्या चीन र इटालीपछिको सबैभन्दा धेरै हो ।

यसैबीच अमेरिकाको अबको केही दिनभित्रै अत्यावश्यक मेडिकल इक्इप्मेन्ट (स्वास्थ्य सामग्री) को अभाव हुने त्यहाँको मेयरले चेतावनी दिएका छन् ।

तत्काल व्यवस्था हुन नसके अहिलेको सामग्री १० दिन भन्दा बढी नथेग्ने र अझ धेरै मानिसको मृत्यु हुन सक्ने मेयर बिल डी ब्लासिओले चेतावनी दिएका छन् ।

ब्लासिओका अनुसार तत्कालै अत्यावश्यक सामग्रीको व्यवस्था गर्न जरुरी छ । भेन्टिलेटर पनि उपलब्ध नहुने अवस्था सृजना नहुने अवस्था आउन नदिन अहिलेबाटै तयारी गर्न आवश्यक छ ।

न्यूयोर्क राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको छ । अमेरिकामा कोरोनाबाट संक्रमित हुनेमध्ये झण्डै आधा मानिसहरु त्यहीको भएको बताइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ७ : १८ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार