कोरोना भाइरस : जर्मन चान्सलर मर्कोल क्वारेन्टाइनमा, दुइ जना भन्दा बढी हिड्न रोक « Khabarhub

कोरोना भाइरस : जर्मन चान्सलर मर्कोल क्वारेन्टाइनमा, दुइ जना भन्दा बढी हिड्न रोक


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको पुष्टि भएपछि जर्मन चान्सलर एङ्गेला मर्केल क्वारेन्टाइनमा बसेकी छन् ।

६५ वर्षकी मर्केललाई गएको शुक्रबार डाक्टरले निमोनिया गराउने ब्याक्टेरिया विरुद्धको खोप लगाएका थिए ।

चान्सलर मर्केलमा अहिले कोरोना भाइरसको संक्रमण पुष्टि भएको र क्वारेन्टाइनमा बसेको बीबीसीले जनाएको छ ।

उनको स्वास्थ्य र नमूना हरेक दिन परीक्षण हुने र उनले केही दिन घरबाटै काम गर्ने जनाइएको छ ।

क्वारेन्टाइनमा बस्न अघि उनले टेलिभिजनमार्फत सम्बोधन गर्दै जर्मनीमा दुईजना भन्दा बढी भेला हुन नपाइने घोषणा गरेकी थिइन् ।

कोरोना भाइरसको महामारी थप फैलिन नदिने प्रयासमा रहेको जर्मनी सरकारले सार्वजनिक स्थानमा हुने भेलामा थप कडा नियम लागु गरिएको हो । अब सार्वजनिक स्थानमा दुई जना भन्दा बढी भेला हुन पाउने छैनन् ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ७ : ४९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्