कोरोना संक्रमित नेपालीले भनिन्– १३ दिनसम्म पनि निको हुने छाँटकाँट छैन, सावधान रहनुस्‌ ! « Khabarhub

कोरोना संक्रमित नेपालीले भनिन्– १३ दिनसम्म पनि निको हुने छाँटकाँट छैन, सावधान रहनुस्‌ !


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतमा कोरोना संक्रमणसँग जुधिरहेकी एक नेपाली महिलाले विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो तस्वीरसहित स्टाटस राख्दै भगवती रानाभाटले विशेष सावधानी अपनाउन सबैमा आग्रह गरेकी हुन् ।

संक्रमण निकै पीडादायक रहेको र १३ दिनसम्म पनि निको हुने छाँटकाँट नरहेको भन्दै उनले सावधानी अपनाउन आग्रह गरेकी हुन् ।

लमजुङ तार्कुघाट स्थायी घर भइ हाल बेलायतको लण्डनमा बस्दै आएकी रानाभाटले १० दिनको सेल्फ आइसोलेसनपछि कोभिड–१९ सँग लडिरहेको र १३ दिनसम्म पनि निको हुने छाँटकाट नदेखिएको उल्लेख गरेकी छिन् ।

कोरोना भाइरसको संक्रमणबारे सामाजिक सञ्जालमा लेख्ने सोच नभएको भएपनि कोरोनाले आफन्त र साथिभाइलाई थप भयावह बनाउन भन्ने लागेर आफूले सतर्क गर्न खोजेको उनको भनाइ छ ।

फेसबुकमा रानाभाटले लेखेकी छिन्‌, ‘१० दिनको सेल्फ़ आइसोलेसन पछि COVID 19 सँग लड्दै !! यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँट्काटै छैन, फ़ेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचेँ। सबैले साबधानी अपनाउन सक्नुहुनेछ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु।’

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १० : २५ बजे

२४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको आदेश

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत

सरकारद्वारा भदौ २३ लाई ‘जेन-जी शहीद दिवस’ घोषणा

काठमाडौं– सरकारले प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेन-जी शहीद दिवसको

अमेरिकी सवारीसाधन बिक्रीमा तीव्र गिरावट

एजेन्सी– उच्च भन्सार शुल्क, बढ्दो महँगी र रोजगारी सङ्कुचनका कारण

नारायणगढ–गैँडाकोट जोड्ने आइकोनिक पुल निर्माण सुरु

नारायणगढ– मुलुकको पूर्वपश्चिम जोड्ने प्रमुख व्यापारिक नाका नारायणगढस्थित नारायणी नदीमाथि