प्रहरी नै लुटपाटमा संलग्न, काठमाडौं प्रहरीको टोली मकवानपुरमा पक्राउ « Khabarhub

प्रहरी नै लुटपाटमा संलग्न, काठमाडौं प्रहरीको टोली मकवानपुरमा पक्राउ


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सीआरभी टोलीका प्रहरी लुटपाट गर्ने क्रममा पक्राउ परेका छन् ।

काठमाडौंबाट लुटपाट गर्न मकवानपुर गएको अवस्थामा प्रहरीको सीआरभी टोली पक्राउ परेको हो ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी बृत्त दरबारमार्गमा कार्यरत रही महानगरीय प्रहरीको सीआरभी टोलीमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्रबहादुर  बसेल, प्रहरी जवानहरु हेमकान्त मगर र वीरबहादुर बस्नेत छन् । उनीहरुसँग एकजना पत्रकार पनि पक्राउ परेका जनाइएको छ । पक्राउ परेका पत्रकारको नाम सुजन आचार्य भनिए पनि उनी कुन सञ्चारमाध्यममा कार्यरत हुन भन्ने विषय भने खुलेको छैन ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले सीआरभी टोलीका सदस्यहरु लुटपाट गर्ने क्रममा पक्राउ परेको पुष्टि गरे ।

‘यहाँबाट मकवानपुर गएर लुटपाट गर्ने क्रममा पक्राउ परेको सूचना मैले पनि पाएको छु,’ डीआईजी पोखरेलले भने, ‘अपराधिक घटना रोक्ने जिम्मेवारी पाएकाबाटै अपराध भएको छ । यस्तो घटनामा संलग्नहरुलाई हदैसम्मको कारबाही हुन्छ ।’

डीआईजी पोखरेलका अनुसार मकवानपुर प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध डाँका मुद्दामा अनुसन्धान शुरु गरिसकेको छ ।

महानगरीय प्रहरी कार्यालय रानी पोखरीले केही समय अगाडि मात्रै घुमुवा प्रहरीको टोली हटाएर विशेष प्रकारका अपरेशन र सूचना संकलनका लागि सीआरभी टोली खटाएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १० : ५० बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने