नेपाल प्रवेश गर्न नपाइए पछि सीमा नाकामा नेपालीहरुको नाराबाजी « Khabarhub

नेपाल प्रवेश गर्न नपाइए पछि सीमा नाकामा नेपालीहरुको नाराबाजी


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– केन्द्र सरकारको निर्णयानुसार भारतसँगको नाका बन्द भएपछि स्वदेश फर्किन नपाएका नेपालीहरुले सीमा नाकामै नाराबाजी शुरु गरेका छन् ।

कैलालीको त्रिनगर (गौरीफन्टा) नाकाबाट नेपाल प्रवेश गर्न चाहनेलाई नेपाली प्रशासनले प्रवेश गर्न दिएको छैन ।

भारतका विभिन्न शहरबाट स्वेदश फर्किएका नेपालीहरु अहिले गौरीफन्टास्थित भारतीय कस्टम अफिस अगाडि जम्मा भएर नाराबाजी गर्न थालेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न भन्दै भारत र चीनतर्फका सबै नाका बन्द गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको सोही निर्णयानुसार सोमबार बिहानदेखि नेपाल–भारत र नेपाल–चीन सीमा क्षेत्रमा आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १२ : ०९ बजे

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी