नेपाल प्रवेश गर्न नपाइए पछि सीमा नाकामा नेपालीहरुको नाराबाजी « Khabarhub

नेपाल प्रवेश गर्न नपाइए पछि सीमा नाकामा नेपालीहरुको नाराबाजी


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– केन्द्र सरकारको निर्णयानुसार भारतसँगको नाका बन्द भएपछि स्वदेश फर्किन नपाएका नेपालीहरुले सीमा नाकामै नाराबाजी शुरु गरेका छन् ।

कैलालीको त्रिनगर (गौरीफन्टा) नाकाबाट नेपाल प्रवेश गर्न चाहनेलाई नेपाली प्रशासनले प्रवेश गर्न दिएको छैन ।

भारतका विभिन्न शहरबाट स्वेदश फर्किएका नेपालीहरु अहिले गौरीफन्टास्थित भारतीय कस्टम अफिस अगाडि जम्मा भएर नाराबाजी गर्न थालेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न भन्दै भारत र चीनतर्फका सबै नाका बन्द गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको सोही निर्णयानुसार सोमबार बिहानदेखि नेपाल–भारत र नेपाल–चीन सीमा क्षेत्रमा आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १२ : ०९ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते