सीमा बन्द हुनअघि काँकडभिट्टा नाकाबाट ५ सय भारतीय नागरिक स्वदेश फर्किए « Khabarhub

सीमा बन्द हुनअघि काँकडभिट्टा नाकाबाट ५ सय भारतीय नागरिक स्वदेश फर्किए


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाल सरकारले कोरोना भाइरस भित्रिने जोखिम कम गर्न सरकारले सीमानाका बन्द गर्नअघि पूर्वीनाका काँकडभिट्टाबाट ५ सय भन्दा बढी भारतीय नागरिक भारत फर्किएका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले आज बिहान ८ बजेसम्ममा ५०० भन्दा बढी भारतीयहरु काँकडभिट्टा नाकामा जाँच गराएर पश्चिम बङ्गालतर्फ गएको जानकारी दिए ।

आजै बिहान भारतबाट एक सय जना जति नेपाली पनि नेपाल प्रवेश गरेका छन् ।

आइतबार भारतमा जनता कर्फ्यू लगाइएका कारण भारत जान नपाएकाहरु आज बिहानैदेखि काँकडभिट्टाबाट भारत गएका हुन् ।

नेपालका कलकारखानामा मजदुरी गर्न, व्यापार व्यवसाय गर्न र घुमफिरका लागि आएका भारतीय नागरिकहरु नाका बन्द हुनुअघि नै भारत प्रवेश गर्ने भन्दै काँकडभिट्टामा जम्मा भएका हुन् ।

विगत तीन सातामा काँकडभिट्टा नाका भएर नेपालमा ८५ हजार र नेपालबाट भारततिर ८१ हजार जनाले कोरोना हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराएर आउजाउ गरेको समेत प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १२ : ३२ बजे

इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको पुनः

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत