इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु « Khabarhub

इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु


११ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको पुनः दाबी गरेका छन् । यसअघि तेहरानले वार्ताको दाबीलाई ‘भ्रामक समाचार’भन्दै खण्डन गरेको थियो ।

इरानमाथि अमेरिका र इजरायलका तर्फबाट आक्रमण जारी छ । दक्षिण तेहरानमा भएको पछिल्लो आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

लेबनानबाट प्रहार गरिएको क्षेप्यास्त्रका कारण इजरायलमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको इजरायली सञ्चारमाध्यम च्यानल १२ ले जनाएको छ ।

वाइनेट न्यूजका अनुसार, उक्त प्रहारबाट निर्माणाधीन एक घरमा क्षति पुगेको छ । यद्यपि, सो घटनामा कोही पनि हताहत नभएको समाचारमा उल्लेख छ ।

यसअघि इरान र हिजबुल्लाहले गरेको मिसाइल आक्रमणमा उत्तरी इजरायलमा एक जनाको मृत्यु भएको थियो । उक्त आक्रमणमा तेल अभिभ नजिकैका शहरहरू बनी ब्राक र गिभात श्मुएलमा कम्तीमा १२ जना घाइते भएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार  ६ : १७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु