कोरोना संक्रमित किशोरीका आफन्त र साथीहरुलाई पनि आइसोलेसनमा राखिने « Khabarhub

कोरोना संक्रमित किशोरीका आफन्त र साथीहरुलाई पनि आइसोलेसनमा राखिने


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फान्सबाट कतार हुँदै नेपाल आएकी एक किशोरीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिए पछि सरकारले उनका आफन्त र साथीहरुलाई पनि आइसोलसनमा राख्ने तयारी थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका अनुसार गत मंगलबार (चैत ४ गते) फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया छात्राको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण भएको देखिएको थियो ।

नेपाल प्रवेश गरेदेखि नै उनलाई क्वारेन्टाइनमा राखिएको थियो । बीचमा उनले केही साथी र आफन्तहरुलाई पनि भेटेको हुन सक्ने सम्भावनाका बीच सरकारले उनीहरुको खोजी शुरु गरेको हो ।

मन्त्री ढकालले आइतबारदेखि नै कोरोना संक्रमणको पुष्टि भएकी किशोरीका आफन्त र साथीहरुको खोजी शुरु गरिएको बताए ।

साथै, ती किशोरीसँगै एउटै प्लेनमा आएका अन्य व्यक्तिको पनि खोजी शुरु गरिएको मन्त्री ढकालको भनाइ छ ।

‘उहाँ (संक्रमित किशोरी)का आफान्त, साथीभाई र सँगै प्लेनमा आएका व्यक्तिलाई आइसोलेसनमा राख्ने प्रक्रिया शुरु गरिएको छ,’ सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने, ‘उहाँले क–कसलाई भेट्नुभयो भन्ने विषयमा अहिले पनि अनुसन्धान भइरहेको छ ।’

आइसोलेसनमा राखिने सबै जनाको कोरोना संक्रमण भए–नभएको यकीन गर्न स्वास्थ्य परीक्षण गरिने मन्त्री ढकालले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : ०८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ