वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको लर्को | Khabarhub Khabarhub

वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको लर्को


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– सरकारले भारत र चीनसँग जोडिएको सबै नाकामा एक साताका लागि आवागमन बन्द गर्ने निर्णय गरे पनि प्रदेश नं २ को वीरगञ्ज नाकाबाट भारत प्रवेश गर्नेको आज बिहानैदेखि लर्को लागेको छ ।

सरकारले गरेको उक्त निर्णय कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई निर्देशन दिए पनि एकाबिहानै काठमाडौँलगायत नेपालका विभिन्न शहरमा काम गर्ने भारतीय आफ्नो देश फर्किने क्रममा वीरगञ्ज नाका हुँदै भारततर्फ जानेहरुको बिहानैदेखि ताँती नै लागेको थियो ।

अति आवश्यक सामान बोकेका मालबाहक ट्रक, तेल बोकेका ट्याङ्कर एकाबिहानै भारतबाट वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गरेको छ । भारतबाट नेपाल आउने पैदलयात्रीलाई जाँच गरी तथा हेल्थ डेस्कमा स्वास्थ जाँच गरी छाड्दै गरेको छ ।

त्यहाँ रहेका वीरगञ्ज महानगरपालिकाका अहेव जितेन्द्रप्रसाद गुप्ताले थर्मामिटरबाट सामान्य जाँच गरी छाड्ने गरेको छ । एक जना मात्र स्वास्थकर्मीले पैदलयात्रीलाई स्वास्थ जाँच गर्ने गरेकाले भीडको कारण समस्या परेको बताएका छन् ।

आज बिहानैदेखि नेपालबाट भारत तथा भारतबाट नेपालतर्फ एक हजारभन्दा बढी पैदलयात्री प्रवेश गरेको त्यहाँ रहेका सशस्त्र प्रहरीले जनाएको छ ।

भारतको विहारमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएपछि सो रोगको सङ्क्रमण फैलिन नदिन नेपाली सीमामा रहेका सशस्त्र प्रहरी तथा नेपाली सेनाले कडाइका साथ जाँच गर्ने गरेको स्थानीय प्रशासनले जनाएको छ ।

यसैबीच जिल्ला प्रसाशन कार्यालय पर्साको आइतबार बसेको सुरक्षा समितिको बैठकले भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले वीरगञ्ज रक्सौल नाका भएर नियमितरूपमा आवतजावत गर्नेबाहेक भारतका विभिन्न स्थानबाट आउने भारतीयलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : २८ बजे

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई

सांसद र दललाई सभामुखको प्रश्न: जनताको विश्वास जितेर फेरि सदनमा आउने भूमिका भइरहेको छ ?

काठमाडौं– नौ वर्षको अवधिमा संसदमा दलहरुले गरेका गतिविधि, दिएका चर्का

बालिकाको बलात्कार र हत्या अभियोगमा इरानमा एक पुरुषलाई फाँसी दिइयो

एजेनसी – इरानले एक बालिकामाथि बलात्कार र हत्या गरेको अभियोगमा