कोरोना भाइरसविरुद्ध केन्द्रीय कोषमा अध्यक्ष तिमिल्सिनाले एक महिनाको तलब दिने « Khabarhub

कोरोना भाइरसविरुद्ध केन्द्रीय कोषमा अध्यक्ष तिमिल्सिनाले एक महिनाको तलब दिने


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सरकारले कोरोना भाइरसविरुद्ध बनाएको केन्द्रीय कोषमा एक महिनाको तलब बराबरको रकम उपलब्ध गराउने भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो कोष स्थापनाको निर्णय गरेको थियो । सो कोषमा अध्यक्ष तिमिल्सिनाले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका हुन् ।

उनले संघीय संसद सचिवालयको आर्थिक शाखालाई पत्रमार्फत आफ्नो एक महिनाको तलब कोषमा जम्मा गरिदिन निर्देशन समेत दिए ।

अध्यक्ष तिमिल्सिनाले सरकारको कोष बनाउने निर्णयलाई स्वागत गर्दै विश्वमा देखिएको सन्त्रासमा सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेका छन् ।

उनले सरकारले कोरोनाबाट बच्नका लागि दिएका निर्देशनहरु पालना गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : ३५ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १