गायिका कनिका कपूरलाई कोरोनाको पोजेटिभ रिपोर्ट आएकोमा शंका « Khabarhub

गायिका कनिका कपूरलाई कोरोनाको पोजेटिभ रिपोर्ट आएकोमा शंका


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड गायिका कनिका कपूर यतिबेला आफ्नो गायनको कारणभन्दा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएपछि चर्चामा छिन् ।

भारतीय यी गायिका कोरोना संक्रमित भए पनि पार्टीमा सहभागी भएकी थिइन् । साथै उनले शपिङ पनि गरेकी थिइन् ।

उनले अरूलाई पनि कोरोना सारेको आशंका पनि गरिएको छ ।

कनिकाले भने जाँच रिपोर्टमा शंका भएको बताएकी छिन् । उनले मेडिकल रिपोर्टमा गडबडी भएको हुनसक्ने बताएकी छिन् ।

कनिकाको परिवारको पनि स्याम्पल लिइयो । उनको दोस्रो स्याम्पल पनि जाँचका लागि लिइएको छ ।

कनिकाको परिवारका कुनै सदस्यको रिपोर्ट आएको छैन । रिपोर्ट आएका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

कनिका ९ मार्चमा लण्डनबाट मुम्बई आएकी थिइन् । उनले ११ मार्चमा लखनउ र १३ मार्चमा कानपुर गएकी थिइन् । यस दौरान उनले ४ सय जनासँग भेट गरेकी थिइन् ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ५ : ०८ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका