कोरोनाका कारण दादुरा रुवेला खोप अभियान स्थगित « Khabarhub

कोरोनाका कारण दादुरा रुवेला खोप अभियान स्थगित


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय दादुरा रुवेला खोप अभियान स्थगित गरेको छ ।

सरकारले फागुनदेखि चैत महिनासम्म राष्ट्रिय दादुरा रुवेला खोप अभियान सञ्चालन गरेको थियो ।

तर, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम कम गर्नका जनशक्ति परिचालन गर्नुपर्ने देखिएपछि खोज अभियान बन्द गर्नु परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल दादुरा रुवेला खोप अभियान सञ्चालन शुरुवात नभएका पालिका, वडा र स्वास्थ्य संस्थाहरुको खोप अभियान चैत मसान्तसम्मको लागि स्थगन गरिने जनाएको छ ।

यस्तै, हाल अभियान सञ्चालन भइरहेका पालिका, वडा र स्वास्थ्य संस्थाहरुले पूर्वयोजना अनुसार अभियान सम्पन्न गर्ने, तर यसरी खोप सेवा सञ्चालन गर्दा भिडभाड हुन नदिने व्यवस्था गरी सतर्कता अपनाउने जनाइएको छ ।

खोप अभियान स्थगित भएको अवस्थामा खोप तथा कोल्डचेन सामग्रीहरु सम्बन्धित जिल्लाले सुरक्षित रुपमा भण्डारण गर्ने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ३ : २३ बजे

इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको पुनः

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत