मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काममा पुन: ढिलाई « Khabarhub

मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काममा पुन: ढिलाई


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम पछिल्लो पटक तोकेको समयावधिभित्र सम्पन्न हुन कठिनाइ देखिएको छ ।

पटकपटक आग्रह गर्दा पनि आर्थिक सङ्कटका कारण चिनियाँ ठेकेदार कम्पनीले आवश्यक जनशक्ति जुटाउन नसकी पूर्ण क्षमतामा काम हुन नसकेपछि आगामी डिसेम्बरभित्र सम्पन्न हुन कठिनाइ देखिएको आयोजनाप्रमुख डा सुनिलकुमार लामाले बताए ।

चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा शुरु भएको परियोजनाको काम सन् २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर भूकम्प र बाढीले गर्दा निर्धारित समयभन्दा चार वर्षपछि धकेलिएको छ । आयोजनाको कूल ७ हजार ११८ मिटर सुरुङमध्ये हालसम्म ६ हजार ६१८ मिटर सकिएको छ । अब बाँकी टनेल १ को ५० मिटर एक महिना र टनेल २ को ४५० मिटर खन्ने काम तीन महिनाभित्र सकिने आयोजनाले जनाएको छ ।

हाल विद्युत् गृहको निर्माण कार्य भइरहेको छ भने हेडवर्क्सको काम आगामी वर्षात अगावै सम्पन्न गर्ने आयोजनाले लक्ष्य राखेको छ । आयोजनाको काममा ढिलाइ हुँदा दैनिक १ करोड रुपैयाँ घाटा व्यहोर्नु परेकाले ठेकेदार कम्पनीलाई अबको ९ महिनाभित्र जसरी हुन्छ काम सक्न दबाब दिइएको आयोजना प्रमुख डा लामाले बताए ।

चिनियाँ र नेपाली कामदारबाट काम भइरहेको उक्त आयोजनामा ठेकेदार कम्पनीले आवश्यकभन्दा आधा सङ्ख्याको जनशक्तिमात्र जुटाएको छ । १४ अर्ब ५० करोड लागतमा निर्माण भइरहेको आयोजनाको सीभील कार्य चिनियाँ ठेकेदार कम्पनी वाङसी हाइड्रो इलेक्ट्रिक कन्सट्रक्शन ब्यूरो र इलेक्ट्रिकको काम अष्ट्रिया एन्डिज हाइड्रोको भारतीय कम्पनीद्वारा भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी आयोजनाका लागि ४०० केभीको प्रसारण लाइन बाह्रबिसेमा सबस्टेशन रहने गरी बाह्रबिसे–लप्सेफेदी प्रसारण लाइनको निर्माण कार्य भइरहेको छ ।

उक्त प्रसारण लाइनको काम समयमा पूरा हुन नसके त्यहाँ उत्पादित विद्युत् र ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादित विद्युत् खेर जाने हुँदा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले हालै स्थलगत निरीक्षण गरी चाँडै सक्न निर्देशन दिइसकेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ४ : ०७ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते