मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काममा पुन: ढिलाई « Khabarhub

मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काममा पुन: ढिलाई


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम पछिल्लो पटक तोकेको समयावधिभित्र सम्पन्न हुन कठिनाइ देखिएको छ ।

पटकपटक आग्रह गर्दा पनि आर्थिक सङ्कटका कारण चिनियाँ ठेकेदार कम्पनीले आवश्यक जनशक्ति जुटाउन नसकी पूर्ण क्षमतामा काम हुन नसकेपछि आगामी डिसेम्बरभित्र सम्पन्न हुन कठिनाइ देखिएको आयोजनाप्रमुख डा सुनिलकुमार लामाले बताए ।

चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा शुरु भएको परियोजनाको काम सन् २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर भूकम्प र बाढीले गर्दा निर्धारित समयभन्दा चार वर्षपछि धकेलिएको छ । आयोजनाको कूल ७ हजार ११८ मिटर सुरुङमध्ये हालसम्म ६ हजार ६१८ मिटर सकिएको छ । अब बाँकी टनेल १ को ५० मिटर एक महिना र टनेल २ को ४५० मिटर खन्ने काम तीन महिनाभित्र सकिने आयोजनाले जनाएको छ ।

हाल विद्युत् गृहको निर्माण कार्य भइरहेको छ भने हेडवर्क्सको काम आगामी वर्षात अगावै सम्पन्न गर्ने आयोजनाले लक्ष्य राखेको छ । आयोजनाको काममा ढिलाइ हुँदा दैनिक १ करोड रुपैयाँ घाटा व्यहोर्नु परेकाले ठेकेदार कम्पनीलाई अबको ९ महिनाभित्र जसरी हुन्छ काम सक्न दबाब दिइएको आयोजना प्रमुख डा लामाले बताए ।

चिनियाँ र नेपाली कामदारबाट काम भइरहेको उक्त आयोजनामा ठेकेदार कम्पनीले आवश्यकभन्दा आधा सङ्ख्याको जनशक्तिमात्र जुटाएको छ । १४ अर्ब ५० करोड लागतमा निर्माण भइरहेको आयोजनाको सीभील कार्य चिनियाँ ठेकेदार कम्पनी वाङसी हाइड्रो इलेक्ट्रिक कन्सट्रक्शन ब्यूरो र इलेक्ट्रिकको काम अष्ट्रिया एन्डिज हाइड्रोको भारतीय कम्पनीद्वारा भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी आयोजनाका लागि ४०० केभीको प्रसारण लाइन बाह्रबिसेमा सबस्टेशन रहने गरी बाह्रबिसे–लप्सेफेदी प्रसारण लाइनको निर्माण कार्य भइरहेको छ ।

उक्त प्रसारण लाइनको काम समयमा पूरा हुन नसके त्यहाँ उत्पादित विद्युत् र ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादित विद्युत् खेर जाने हुँदा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले हालै स्थलगत निरीक्षण गरी चाँडै सक्न निर्देशन दिइसकेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ४ : ०७ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि