भक्तपुरमा डरलाग्दो दुर्घटना, १ दर्जन गाडीहरु आपसमा ठोक्किए | Khabarhub Khabarhub

भक्तपुरमा डरलाग्दो दुर्घटना, १ दर्जन गाडीहरु आपसमा ठोक्किए


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सल्लाघारी– भक्तपुरको सल्लाघारीमा करिब १ दर्जन सवारी साधनहरु एक आपसमा ठोक्किएका छन् ।

सोमबार दिउँसो करिब ३ बजेतिर अरनीको राजमार्गअन्तर्गत सल्लाघारी चोक नजिक गाडीहरु एक आपसमा ठोक्किएका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार सिमसिम पानी परिरहेको बेला चिप्लिएर गाडीहरु एक आपसमा ठोक्किएका हुन् ।

शुरुमा एउटा भ्यानले मोटरसाइकलाई ठक्कर दिएपछि सडकमा मोबिल पोखिएको थियो । सोही मोबिलमा अन्य गाडीहरु पनि चिप्लिएपछि एक आपसमा ठोक्किएका हुन् ।

स्थानीय प्रहरीका अनुसार दुर्घटनामा करिब ८ जनाजति घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।


तस्वीरहरु– राजु कुटुको फेसबूकबाट

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ४ : २४ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड