कान्ति बाल अस्पतालमा तीन बालक आइसोलेसनमा « Khabarhub

कान्ति बाल अस्पतालमा तीन बालक आइसोलेसनमा


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  कान्ति बाल अस्पतालले तीन जना बालकलाई आइसोलेसनमा राखेर उपचार थालेको छ ।

अस्पतालका निर्देशक डाक्टर कृष्ण पौडेलका अनुसार आइतबार एक जना र सोमबार दुई जना गरी तीनजना बालकहरु अस्पतालको आइसोलेसनमा उपचारत छन् ।

आइतबार भर्ना भएका बालकको बुबा दुबईबाट स्वदेश फर्किएको र आज (आइतबार) भर्ना भएका दुई बालकमध्ये एकजनाको चाइनाबाट काका आएको र अर्को एक बालकको कतारबाट बुबा आएका थिए । बालकहरु उनीहरुसँग सम्पर्कमा रहेपछि बालकहरुमा कोरोनाको लक्षण देखिएको डा पौडेलले बताए ।

‘अहिले हाम्रो अस्पतालमा तीन जना बालकहरु आइसोलेसनमा छन्, उनीहरुका अभिभावक कोरोना प्रभावित देशबाट स्वदेश फर्किएको १४ दिन नपुगेको र उनीहरुको सम्पर्कमा रहेका बालकहरुमा कोरोनाको लक्षण देखिएको भन्दै उनीहरुलाई अस्पताल ल्याइएको थियो,’ डा पौडेलले खबरहबसँग भने, ‘ तीनजना मध्ये एकजनाको स्याम्पल हिजो नै प्रयोगशालामा पठाइएको छ, रिपोर्ट आइसकेको छैन, बाँकी दुईजनाको स्याम्पल आज पठाइएको छ ।’

अस्पतालले बालकहरुको बाबुहरुको अवस्थाबारे पनि जानकारी लिने प्रयास गरीहेको जनाएको छ ।

आइसोलेसनमा भर्ना भएका बालकहरुको उमेर समूह १४ महिना, ४ वर्ष र साढे ४ वर्ष रहेको छ ।

सरकारले कान्ति बाल अस्पताललाई स्याटेलाइट अस्पतालको रुपमा परिभाषित गरेको छ ।

सरकारले कोरोना उपचार तथा परीक्षणका लागि तोकिएको अस्पतालभित्र कान्ति अस्पताल छैन । तर अस्पतालले आफैले व्यवस्थापन गरेर आइसोलेसन वार्ड भने सञ्चालन गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ५ : ४२ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार