कान्ति बाल अस्पतालमा तीन बालक आइसोलेसनमा « Khabarhub

कान्ति बाल अस्पतालमा तीन बालक आइसोलेसनमा


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  कान्ति बाल अस्पतालले तीन जना बालकलाई आइसोलेसनमा राखेर उपचार थालेको छ ।

अस्पतालका निर्देशक डाक्टर कृष्ण पौडेलका अनुसार आइतबार एक जना र सोमबार दुई जना गरी तीनजना बालकहरु अस्पतालको आइसोलेसनमा उपचारत छन् ।

आइतबार भर्ना भएका बालकको बुबा दुबईबाट स्वदेश फर्किएको र आज (आइतबार) भर्ना भएका दुई बालकमध्ये एकजनाको चाइनाबाट काका आएको र अर्को एक बालकको कतारबाट बुबा आएका थिए । बालकहरु उनीहरुसँग सम्पर्कमा रहेपछि बालकहरुमा कोरोनाको लक्षण देखिएको डा पौडेलले बताए ।

‘अहिले हाम्रो अस्पतालमा तीन जना बालकहरु आइसोलेसनमा छन्, उनीहरुका अभिभावक कोरोना प्रभावित देशबाट स्वदेश फर्किएको १४ दिन नपुगेको र उनीहरुको सम्पर्कमा रहेका बालकहरुमा कोरोनाको लक्षण देखिएको भन्दै उनीहरुलाई अस्पताल ल्याइएको थियो,’ डा पौडेलले खबरहबसँग भने, ‘ तीनजना मध्ये एकजनाको स्याम्पल हिजो नै प्रयोगशालामा पठाइएको छ, रिपोर्ट आइसकेको छैन, बाँकी दुईजनाको स्याम्पल आज पठाइएको छ ।’

अस्पतालले बालकहरुको बाबुहरुको अवस्थाबारे पनि जानकारी लिने प्रयास गरीहेको जनाएको छ ।

आइसोलेसनमा भर्ना भएका बालकहरुको उमेर समूह १४ महिना, ४ वर्ष र साढे ४ वर्ष रहेको छ ।

सरकारले कान्ति बाल अस्पताललाई स्याटेलाइट अस्पतालको रुपमा परिभाषित गरेको छ ।

सरकारले कोरोना उपचार तथा परीक्षणका लागि तोकिएको अस्पतालभित्र कान्ति अस्पताल छैन । तर अस्पतालले आफैले व्यवस्थापन गरेर आइसोलेसन वार्ड भने सञ्चालन गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ५ : ४२ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर