मंगलबारबाट नेपाल पूर्णरुपमा ‘लकडाउन’, घर बाहिर निस्किन नपाइने « Khabarhub

मंगलबारबाट नेपाल पूर्णरुपमा ‘लकडाउन’, घर बाहिर निस्किन नपाइने


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि  मंगलबार (११ गते)देखि लागू हुने गरी अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ।

कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि (मंगलबार) विहान ६ बजेबाट एक सातासम्मका लागि घरबाट बाहिर निस्कन रोक लगाएको छ ।

उच्चस्तरीय समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन संचालनमा पूर्ण रोक लगाएको जानकारी दिए ।

उनले भने, ‘सुरक्षाा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द हुनेछन् ।’

खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेक अरु सवारी साधन पनि चलाउने नपाइने निर्णय गरेको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावतमा समेत रोक लगाएको छ ।

अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु समेत  बन्द गरिने उनले बताए ।

अत्यावश्यक कर्मचारी उपस्थित हुनेगरी अन्य कर्मचारीलाई सम्बन्धित कार्यलय प्रमुखले बिदा दिने निर्णय गरिएको जानकारी दिए ।

उद्योग कर्मचारीलाई समेत बिदा दिइने निर्णय भएको उनले बताए । त्यसैगरी बजारमा अभाव देखाइ कालोबजारी गर्नेलाई कानून बमोमिम कारबाही गरिने समेत निर्णय भएको छ ।

सरकारका प्रवक्ता खतिडाले क्वारेन्टाइनमा राखिनेलाई सबै सुरक्षा व्यवस्था मिलाइने जनाए । क्वारेन्टाइन व्यवस्थापन मापदण्ड स्वीकृत गरेको उनले बताए ।

यस्ता छन् निर्णय

 

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ७ : ३८ बजे

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

ट्रम्पको चेतावनी बेवास्ता गर्दै इरान अडानमै, सैन्य कारबाही जारी

तेहरान– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा