घरबाट बाहिर निस्किए के हुन्छ कारबाही ? यस्तो छ कानूनी व्यवस्था | Khabarhub Khabarhub

घरबाट बाहिर निस्किए के हुन्छ कारबाही ? यस्तो छ कानूनी व्यवस्था


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले मंगलबार (११ गते)देखि लागू हुने गरी अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरसको जोखिम रोक्नका लागि सरकारले संक्रामक रोग ऐन २०२० को व्यवस्थाअनुसार मंगलबार बिहान ६ बजेदेखि १८ गते सम्मका लागि अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन आदेश दिएको छ।

कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले  एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको हो।

सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय गरेको हो।

७७ वटै जिल्लामा लागू हुने उक्त आदेश दिएको हो ।

आदेशको उलंघन गरे के हुन्छ कारबाही ?

निर्देशनको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने उपप्रधानमन्त्री एवं समितिका संयोजक ईश्वर पोखरेलले बताए ।

संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना हुने उल्लेख छ।

ऐनको दफा ३ मा उल्लेख गरिएको छ, ‘यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ।’

निर्णयको पालना गराउने जिम्मा समितिले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।

मंगलबारदेखि लागू हुने गरी सरकारले गरेको निर्णय बमोजिम निम्न केही सेवा सुचारु हुने र केही बन्छ हुनेछन् ।

के के सुचारु रहने ?

सुरक्षाकर्मी र तोकिएका वायुयान, अत्यावश्यक ढुवानीका सवारी साधन, प्रेस औषधि दूध, खानेपानी र इन्धनका सवारी साधन, औषधि र अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग तथा सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, सञ्चार, भन्सार र क्वारेन्टाइन कार्यालय।

के के रोकिए ?

व्यावसायिक आन्तरिक उडान, सार्वजनिक यातायात, अत्यावश्यकबाहेकका सम्पूर्ण निजी क्षेत्रका उद्योग बन्द गरिने, सर्वसाधारण व्यक्ति घरबाट बाहिर निस्कन नपाइने।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ८ : २८ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

तनहुँ– पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन)

काठमाडौंको पहेँलो पुल नजिकै बन्दै गरेको स्पोर्टस् पार्क (फोटोफिचर)

काठमाडौं–  काठमाडौं महानगरपालिका– ५ स्थित पहेँलो पुल नजिकै स्पोर्टस् पार्क निर्माणको

नयाँ आईजीपी कार्कीले पदभार ग्रहण गर्दै : यस्तो छ कार्यक्रम

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार

स्काउटको जग्गामा बनाएको दीपक खड्काको संरचनामा काठमाडौं महानगरको डोजर (तस्बिरसहित)

काठमाडौं– लैनचौरस्थित नेपाल स्काउटको जग्गा रहेको पूर्वमन्त्री तथा कांग्रेस नेता

बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको भन्दै कुलमानले दिए सबैलाई धन्यवाद

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले विद्युतको बक्यौता असुली ठोस परिणामतर्फ