कोरोना भाइरसका कारण सेतो मच्छेन्द्रनाथको रथयात्रा पनि रोकियो « Khabarhub

कोरोना भाइरसका कारण सेतो मच्छेन्द्रनाथको रथयात्रा पनि रोकियो


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गुठी संस्थान, सेतो मच्छेन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति, करुणामय आर्यावलोकीतेश्वर मन्दिरका पुजारीलगायत सरोकारवाला निकायका अधिकारीको उपस्थितिमा क्षमा माग्दै रथयात्रा नगर्ने निर्णय गरिएको काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।

विश्वभर कोरोनाको संक्रमण फैलिएकाले मानव कल्याणका लागि यस वर्षको जात्रा रोक्नुपरेको रथयात्रा व्यवस्थापन समितिको संयोजक समेत रहेका वडाध्यक्ष शाक्यले बताए । प्रत्येक वर्ष वर्षा र सहकालका देवताका रुपमा पुजिने सेतो मच्छेन्द्रनाथको रथयात्रा चैत्र शुक्ल अष्टमीदेखि द्वादशीसम्म हुने गरेको थियो ।

चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने जात्रा त्यस दिन असनसम्म पुर्याउने परम्परा प्राचीनकालदेखि छ । नवमीका दिन असनबाट हनुमानढोकाको कालभैरवसम्म, दशमीमा कालभैरवबाट चिकमुङ्गल, जैसीदेवल हुँदै लगनटोलसम्म रथयात्रा चलाइन्थ्यो । एकादशीका दिन लगनटोलमा रहेको सेतो मच्छेन्द्रनाथको आमाका रुपमा पुजिने पीपलको बोटमा तीनपटक घुमाइन्छ ।

द्वादशीका दिन सानो खटमा आर्यावलोकीतेश्वरलाई राखी बहालमा पुर्याइन्छ । त्यसै दिन सिन्दुर जात्रा गरेपछि जात्रा सकिने परम्परा थियो । यस वर्ष जात्रा गर्न नसकिने भएकाले चैत १९ गते चैत्र शुक्ल अष्टमीका दिन आर्यावलोकीतेश्वर मन्दिरमा क्षमापूजा गर्ने निर्णय भएको पनि अध्यक्ष शाक्यले जानकारी दिए ।
क्षमापूजामा पनि पुजारी र सरोकार भएका निकायका प्रतिनिधि गरी २५ जनाभन्दा थोरैको उपस्थितिमा हुने समितिले जनाएको छ । कोरोनाको सङ्क्रमण समाप्त भएपछि यस वर्षको जात्रा रोकिएकामा स्वस्तिशान्ति कोटीहोम गरी जात्रामा उपस्थित हुन नपाएका भक्तजनलाई प्रसाद वितरण गरिनेछ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १० : ०० बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले