कोरोना भाइरस : १ लाख ८४ हजारभन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : १ लाख ८४ हजारभन्दा बढीको मृत्यु


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वका २१० मुलुक र २ पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ६ हजार ६०७ जनाको मृत्यु भएको छ । एकैदिन विश्वभर ७९ हजार ९५९ जना संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या २६ लाख ३७ हजार ६७३ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा मात्रै मृत्यु हुने मानिसको संख्या ४७ हजार नाघेको छ । बुधबार विहान थप २ हजार ३२१ जनाको मृत्यु भएसँगै कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४७ हजार ६७६ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २९ हजार ३७१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ८ लाख ४८ हजार ९७४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ८४ हजार ५० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख १७ हजार २६८ जनामध्ये १४ हजार १६ को अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसले इटालीमा बुधबार एकै दिन ४३७ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २५ हजार ८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ३७० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८७ हजार ३२७ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ५४ हजार ५४३ जना उपचारपछि निको भएका छन् ।  उपचार गराइरहेका १ लाख ७ हजार ६९९ जनामध्ये २ हजार ३८४ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४२१ जनाको मृत्यु भएको छ भने ४ हजार २२१ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २१ हजार ७१७ पुगेको छ ।

त्यहाँ २ लाख ८ हजार ३८९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८५ हजार ९१५ जना उपचारपछि निको भएका छन् ।

उपचार भइरहेका १ लाख ७५७ जनामध्ये ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसको तथ्यांक अध्यावधिक गरिरहेको वर्ल्डोमिटर इन्फोका अनुसार युरोपेली मुलुकहरुमा १ लाख ११ हजार २०२ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकहरुमा ५१ हजार २२१ तथा एसियाली मुलुकहरुमा १५ हजार ८५४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ७ : ३१ बजे

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी

जेनजी आन्दोलन : भदौ २३ को बर्बरता र मनोवैज्ञानिक प्रभाव

राजु झल्लु प्रसादअमेरिकाको ९/११ घटनाको सम्बन्धमा मैले “आतंकवादी आक्रमणप्रति मानसिक

एमालेका गल्ती, कमजोरी र भूलप्रति माफी माग्छु : विष्णु पौडेल

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान

दसैँ नजिकिएसँगै बजार झरे लेकाली भेडाच्याङ्ग्रा

म्याग्दी – दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार