प्रदेश नम्बर १ मा २८ जना कोरोना संक्रमित, सबैको अवस्था सामान्य « Khabarhub

प्रदेश नम्बर १ मा २८ जना कोरोना संक्रमित, सबैको अवस्था सामान्य


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – प्रदेश नम्बर १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ ।

पछिल्लो कोभिड–१९ परीक्षणमा दुई महिलासहित पोजेटिभको सङ्ख्या पुगेको प्रदेश नम्बर १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ ।

पोजेटिभ पुष्टि भएकामध्ये १६ नेपाली नागरिक र १२ जना भारतीय छन् । उनीहरुको उदयपुरस्थित त्रियुगा नगरपालिका–३ भुल्केबाट थ्रोट स्वाब नमूना सङ्कलन गरी परीक्षण गरिएको हो ।

उनीहरुको उपचार विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रदेशमा हालसम्म ८२३ जनाको स्वाब पिसीआर विधिबाट परीक्षण गरिएको छ भने आरडीटी विधिबाट तीन हजार ५९२ जनाको रगतको नमूना सङ्कलन गरिएको छ ।

प्रदेशअन्तर्गतका विभिन्न स्थानमा रहेका आइसोलेसन शैयामा बस्नेको सङ्ख्या ३४ रहेको छ भने क्वारेन्टाइनमा एक हजार ७० छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ९ : ४७ बजे

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं