जनता समाजवादी पार्टी दल दर्ता गर्न केहिबेरमा निर्वाचन आयोग पुग्दै « Khabarhub

जनता समाजवादी पार्टी दल दर्ता गर्न केहिबेरमा निर्वाचन आयोग पुग्दै


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी दल दर्ता गर्न अहिले निर्वाचन आयोग जाँदै छ । अहिले बाटोमा रहेको र केहिबेरमा आयोगमा पुग्ने नेता शिवजी यादवले जानकारी दिए । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच बुधबार अबेर राति पार्टी एकताको सहमति भएको थियो ।

नयाँ एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको हो । पार्टीको झण्डा समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा राख्ने र चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता राख्ने सहमति भए अनुसार आज दल दर्ता गर्न लागिएको नेता यादवले बताए ।

सरकारले दल विभाजनका लागि खुकुलो हुने गरी राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशबाट संशोधन गरेपछि समाजवादी विभाजन हुने निश्चित भएको अवस्थामा दुई दलले एकता घोषणा गरेका हुन् । दुवै दलसँग संघीय संसदमा १७–१७ जना सांसद छन् ।

समाजवादीका कम्तिमा सातजना सांसदले एक–दुई दिनभित्रै पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेपछि राजपा र समाजावादी त्यसलाई समेत रोक्ने गरी एकताका लागि तयार भएका हुन् ।

यी दुई पार्टीबिच एकताका लागि यसअघि नै गृहकार्य हुँदै आए पनि समाजवादी सरकारमा भएका कारण रोकिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस केन्द्रित दललाई विभाजन गर्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि उनीहरु काउण्टर दिन एक ढिक्का भएका हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ९ : ५१ बजे

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’