उदयपुरको भुल्केसहित आठ स्थान खतरायुक्त | Khabarhub Khabarhub

उदयपुरको भुल्केसहित आठ स्थान खतरायुक्त


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले भुल्केसहित आठ स्थान कोरोना सङ्क्रमणको खतरा क्षेत्र बन्न पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिकाको भुल्केसँगै जोगीदह, मोथ्याइ, जलजले, देउरी, गाईघाटबजार जामे मस्जिद क्षेत्र र चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर र सिवाइ अहिले कोरोनाको डेन्जर जोनको रूपमा देखिएको छ ।

स्वास्थ्य कार्यलय प्रमुख मोहन सुवेदीका अनुसार भुल्केको नुरी मस्जिद क्षेत्र र मुस्लिम समुदायका मानिसमा कोरोना सङ्क्रमण देखिएपछि भुल्केका मुस्लिमको उठबस तथा आवतजावत यी अन्य आठ स्थानमा सम्बन्धित क्षेत्रका मुस्लिमसहित अन्य समुदायसँग पनि हुने गरेका कारण स्वास्थ्य कार्यालय उदयपुरले यी आठ स्थानलाई ‘डेन्जर जोन’मा राखेको हो ।

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार त्रियुगा नगरपालिकाको भुल्केपछि यी आठ स्थान क्षेत्र आसपास खतरा बढ्दै गएका कारण नगरपालिकाले यी क्षेत्रलाई तत्काल डेन्जर जोनमा रोखेको प्रमुख चौधरीले बताए ।

शुरुमा भुल्केको नुरी मस्जिदमा लुकेर रहेका १२ भारतीय मुस्लिम नागरिकमा कोरोनाको सङ्क्रमण देखापरेपछि भुल्केका अन्य मुस्लिमहरुमा पनि कोरोनाको सङ्क्रमण सर्दै गएका कारण अहिले भुल्केमा १२ भारतीय नागरिकसहित १६ स्थानीय मुस्लिममा पनि कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

भुल्केकोका बासिन्दा नै गाईघाट क्षेत्रसहित देउरी, जलजले, जोगीदह, मोथ्याइसहित चौदण्डी नगरपालिकाको सिवाइ र सुन्दरपुर क्षेत्रका नागरिकसँग आवतजावत तथा उठबस गर्ने कारण सम्बन्धित क्षेत्रसमेत अहिले कोरोनाको डेन्जर जोन बनेको स्वास्थ्य कार्यलयका पदाधिकारी बताउँछन् ।

यस विषयमा उदयपुरबाट प्रदेश १ का प्रदेशसभा सदस्य बिमल कार्की, नारायण बुर्जा र अम्बिका थापासँग जानकारी माग्दा आफूहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराइसकेको र प्रदेशले जिल्लाका सबै स्थानमा स्वाब नमूना सङ्कलन र परीक्षणको पहल गरिरहेको बताएका छन् ।

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी, चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द राई र बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले पनि जिल्लाको भुल्केबाहेक ती क्षेत्रमा तत्काल प्रदेश सरकार र सङ्घीय सरकारले सम्बन्धित क्षेत्रका स्थानीयवासीमा कोरोनासम्बन्धी स्वाब सङ्कलन र जाँच र परीक्षणका लागि चाँडोभन्दा चाँडो उचित व्यवस्था गर्न माग गरेका छन् ।

समयमै यी स्थानका बासिन्दाको स्वाब नमूना सङ्कलन र परीक्षण नगरे जिल्लामा झनै कोरोनाको सङ्क्रमण तीव्ररूपमा फैलन सक्ने र सबै जिल्लावासी प्रभावित हुनसक्ने अवस्था आएको जिल्लाका जनप्रतिनिधि, कर्मचारी प्रशासन, नागरिक समाज तथा स्थानीय बासिन्दा बताउँछन् । भुल्केसहित आठ स्थान कोरोनाको डेन्जर जोन बनेपछि अहिले यी सबै स्थानमा प्रहरी परिचालन गरिएको र गाउँलेलाई अन्यत्र जान र अन्यत्रबाट सम्बन्धित गाउँमा प्रवेश गर्न रोक लगाएर प्रहरी प्रशासनले निगरानी शुरु गरेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केगाउँमा बुधबार चार व्यक्ति कोरोनाबाट थप सङ्क्रमित भएको पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ ।

अब त्रियुगा नगरपालिकाको भुल्केस्थित एउटै मुस्लिम टोलमा १२ भारतीय मुस्लिम नागरिकसहित भुल्केका १६ मुस्लिम नागरिकमा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  १० : ४४ बजे

विराटनगरमा छठको उल्लास : अस्ताउदो सूर्यलाई दिइयो अर्घ्य

विराटनगर– छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना

मानव तस्करसँग कोशीका मन्त्रीको उठबस : जापान जानेले १० देखि १३ लाख बुझाएको खुलासा

काठमाडौं- कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ

अर्थसंक्षेप : अर्को साताभित्र बंगलादेश बिजुली निर्यात हुँदै, एकैदिन चार हजारले घट्यो सुनको मूल्य

काठमाडौं- अबको एक साताभित्रै नेपालले बङ्गलादेशलाई ४० मेगावाट बिजुली बेच्ने भएको

उपनिर्वाचनमा कांग्रेस-एमाले एकापसमा भिड्ने, गठबन्धन नगर्ने

काठमाडौं– विभिन्न कारणले जनप्रतिनिधि रिक्त ४४ क्षेत्रमा स्थानीय तहमा आगामी

हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि पाइने

काठमाडौं– नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईको इलेक्ट्रिक