राजपा र समाजवादीमा एकतासँगै फुटको तरङ्ग | Khabarhub Khabarhub

राजपा र समाजवादीमा एकतासँगै फुटको तरङ्ग


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकता र फुटबाट अघि बढ्दै आएका तराई–मधेश केन्द्रित राजनीतिक दलमा पुनः त्यो क्रम देखिएको छ ।

कोभिड–१९ को विश्वव्यापी जोखिम न्यूनीकरणमा सरकार तथा विपक्षी सबै दलको सहकार्यलाई बढाएर लैजानुपर्नेमा पार्टी एकीकरण वा फुटको प्रसङ्गले सञ्चारमाध्यममा एकाएक स्थान पाएको छ ।

संस्थागत विचारधाराभन्दा पनि अनेक स्वार्थमा विभाजित र एकीकृत हुने ती दलहरुलाई सरकारले पछिल्लो समयमा ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशले तरङ्गित बनाएको हो ।

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच बुधबार अबेर राति पार्टी एकीकरणको सहमति हुनु त्यसैको एक उपक्रम मानिएको छ ।

समाजवादी पार्टीका असन्तुष्ट सात/आठ सांसदले पार्टी विभाजन गर्ने तयारी गरेपछि दुई पार्टीबीच हतारमा एकताको सहमति गरिएको देखिन्छ ।

सरकारले यही वैशाख ८ गते राजनीतिक दल विभाजनका लागि खुकुलो हुने गरी अध्यादेश ल्याएपछि यी दुई पार्टीलाई आफ्ना सांसद्हरु ४० प्रतिशत सङ्ख्या लिएर बाहिरिने चिन्ताले सशङ्कित तुल्यायो ।

पार्टीभित्रको असन्तुष्टि भुँइचालोका रूपमा तरङ्गित हुने देखिएपछि हतारमा पार्टी एकताको सहमति गरिएको विश्लेषण गरिएको छ । यी दलबीच एकताका लागि वार्ता भने लामो समयदेखि चल्दै आएको थियो ।

एकीकृत पार्टीको नाम ‘जनता समाजवादी’ प्रस्ताव गरिएको छ । पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रङको बीचमा तारा हुने सहमति गरिएको छ । चुनाव चिह्न राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ ।

एकताको सहमतिपत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरत्सिंह भण्डारीले मात्र हस्ताक्षर गर्नुभएको छ । समाजवादीका तर्फबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठको हस्ताक्षर छ ।

राजपा अध्यक्षमण्डलका सदस्यद्वय अनिल झा र राजकिशोर यादव सहमति प्रक्रियामा उपस्थित भएनन् । दुवै जना काठमाडौँ उपत्यका बाहिर रहेकाले उपस्थित नभएको बताइएको छ ।

समाजवादी पार्टीका उपाध्यक्ष एवं सांसद रेणु यादवको नेतृत्वमा सो पार्टी फुटाएर नयाँ पार्टी बनाउन ती सांसदले निर्णय गरिसकेका छन् । हस्ताक्षर गर्नेमा यादवसहित सांसद महम्मद इश्तियाक राई, प्रदीप यादव, उमाशङ्कर अरगरिया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङ हुनुहन्छ । असन्तुष्ट पक्षले आजै नयाँ पार्टी गठनको घोषणा गर्ने बताइएको छ । समाजवादी पार्टीमा १७ र राजपासँग १७ जना सांसद छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ८ : १० बजे

मधेशमा हैजाको प्रकोप बढ्दै, सङ्क्रमितको सङ्ख्या ५४० पुग्यो 

काठमाडौं– मधेश प्रदेशमा फैलिएको हैजाको प्रकोप बढ्दै गएको छ। इपिडिमियोलोजी

ह्वाइट हाउसद्वारा सीडीसी प्रमुखलाई बर्खास्त गरिएको पुष्टि

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)

विद्याको पक्षमा प्रचण्डले भने- राजनीतिमा फर्किँदैमा संविधानको औचित्य समाप्त हुँदैन

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्या भण्डारीलाई

उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

बेइजिङ- उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो विश्वयुद्धको अन्त्य

कलाकारहरु नै पत्रकार लिएर जान्छन् ‘हल भिजिटमा’, आईएनआईले लगायो हलमा क्यामेरा प्रतिबन्ध

काठमाडौं – आईएनआई सिनेमाज चेन अन्तर्गतका हलहरुमा व्यवसायिक शोमा क्यामेरा