लकडाउनमा पनि घर जानेको घुइँचो « Khabarhub

लकडाउनमा पनि घर जानेको घुइँचो


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले लकडाउन गरेको एक महिना नाघेको छ ।

सरकारले लकडाउन कडिकडाउ गर्ने बताउँदै आएपनि मानिसहरुलाई अघोषित रुपमा गन्तब्यसम्म जान दिन थालेको छ ।

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि व्यापार, व्यवसाय र रोजगारी गुमेर समस्यामा परेका श्रमिकहरु जोखिमकैबीच घर फर्कन बाध्य भएका हुन्।

भक्तपुरको जडीबुटीबाट रामेछाप नगरपालिकाले मङ्गलबार १३ र बुधबार १० वटा बसको व्यवस्था गरी समस्यामा परेका नागरिकलाई उद्धार गरेको रामेछापका नगरप्रमुख प्रमुख नरबहादुर थापामगरले जानकारी दिए ।

रामेछापको खाँडादेवी गाउँपालिकाका मात्रै दुई हजार नागरिक घर फर्केको जानकारी दिइएको छ ।

यस्तै सिन्धुलीको तीनपाट गाउँपालिकाले अलपत्र परेका नागरिकको उद्धार गरेको जनाएको छ । नगर उपप्रमुख पदममाया तामाङका अनुसार मंगलबार र बुधबार सिन्धुली तीनपाटका मात्रै करिव ८०० सर्वसाधारणलाई घर फर्काइएको छ ।

अन्य विभिन्न जिल्लाका स्थानीय तहले पनि आफ्ना नागरिक फर्काउने क्रम जारी राख्दा जोखिम बढेको टिप्पणी समेत हुन थालेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ११ : ५२ बजे

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि