भीमफेदी–कुलेखानी र छैमले सडक विस्तार तीव्र « Khabarhub

भीमफेदी–कुलेखानी र छैमले सडक विस्तार तीव्र


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर जिल्लाबाट काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी सडकखण्डको विस्तारको कार्यमा मानवीय र सुरक्षाको संवेदनशीलतालाई अपनाइ निर्माणकार्यले तीव्रता पाएको छ ।

वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदीबाट कुलेखानीसम्मको साढे १५ किलोमिटर सडकखण्डलाई बोलपत्र आह्वान गरी सडक विस्तारकार्यलाई तीव्रता दिइएको हो ।

मन्त्रालयले भीमफेदी–देउराली र देउराली–कुलेखानीसम्मको सडक विस्तारका लागि दुई चरणमा रु १७ करोड र १५ करोडमा एक निर्माण व्यवसायीलाई बोलपत्र आह्वान गरी स्वीकृति प्रदान गरिएको र आगामी तीन महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी काम गर्ने अनुमति दिइएको सो मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए ।

सडक विस्तारको क्रममा अहिले छ डोजर र तीन टिपर निर्माणका लागि प्रयोग भइरहेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

मदनभण्डारी राजमार्गअन्तर्गत पर्ने काठमाडौँको छैमलेबाट कुलेखानीसम्म सडक विस्तारका लागि पनि काठमाडौँ र मकवानपुर जिल्ला समन्वय समितिको संयुक्त लगानीमा सडक विस्तार भइरहेको मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  १२ : २९ बजे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय