भीमफेदी–कुलेखानी र छैमले सडक विस्तार तीव्र « Khabarhub

भीमफेदी–कुलेखानी र छैमले सडक विस्तार तीव्र


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर जिल्लाबाट काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी सडकखण्डको विस्तारको कार्यमा मानवीय र सुरक्षाको संवेदनशीलतालाई अपनाइ निर्माणकार्यले तीव्रता पाएको छ ।

वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदीबाट कुलेखानीसम्मको साढे १५ किलोमिटर सडकखण्डलाई बोलपत्र आह्वान गरी सडक विस्तारकार्यलाई तीव्रता दिइएको हो ।

मन्त्रालयले भीमफेदी–देउराली र देउराली–कुलेखानीसम्मको सडक विस्तारका लागि दुई चरणमा रु १७ करोड र १५ करोडमा एक निर्माण व्यवसायीलाई बोलपत्र आह्वान गरी स्वीकृति प्रदान गरिएको र आगामी तीन महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी काम गर्ने अनुमति दिइएको सो मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए ।

सडक विस्तारको क्रममा अहिले छ डोजर र तीन टिपर निर्माणका लागि प्रयोग भइरहेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

मदनभण्डारी राजमार्गअन्तर्गत पर्ने काठमाडौँको छैमलेबाट कुलेखानीसम्म सडक विस्तारका लागि पनि काठमाडौँ र मकवानपुर जिल्ला समन्वय समितिको संयुक्त लगानीमा सडक विस्तार भइरहेको मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  १२ : २९ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्