कोरोना भाइरसले फेब्रअरी ६ मै अमेरिकी नागरिकको मृत्यु भएको खुलासा « Khabarhub

कोरोना भाइरसले फेब्रअरी ६ मै अमेरिकी नागरिकको मृत्यु भएको खुलासा


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसले फेब्रअरी ६ मै पहिलो पटक अमेरिकी नागरिकको मृत्यु भएको खुलेको छ ।

यसअघि फेब्रअरी २६ मा मात्रै कोरोना भाइरसले पहिलो पटक अमेरिकी नागरिकको मृत्यु भएको बताइए पनि त्यो भन्दा झण्डै तीन हप्ताअघि नै कोरोना भाइरसले मृत्यु भएको तथ्य खुलेको हो ।

क्यालिफोर्नियाको सान्टा क्लारा काउन्टीमा भएको शव परीक्षणबाट अमेरिकामा कोरोना भाइरसबाट भएको मृत्युको नयाँ तथ्य बाहिरिएको हो ।

फेब्रुअरी ६ मा निधन भएकी ५७ वर्षीया महिला कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुने पहिलो व्यक्ति रहेको खुलेको हो ।

शव परीक्षण प्राप्त नमूना सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) मा पठाइएमा सीडीसीले उनको मृत्यु कोरोनाले भएको पुष्टि गरेको हो ।

सान्टा क्लारामा मार्च ६ सम्म तीनजनाको मृत्यु भएको थियो र सबैको कोरोना भाइरसकै कारण निधन भएको खुलेको सान्टा क्लारा काउन्टीले जनाएको छ ।

शव परीक्षण रिपोर्टअनुसार गएको फेब्रुअरी ६ र १७ मा निधन भएका दुई व्यक्तिको मृत्युको कारण कोभिड–१९ नै भएको खुलेको हो ।

सियाटलमा २६ फेब्रुअरीमा भएको एक व्यक्तिको मृत्युलाई नै अमेरिकामा कोरोना भाइरसले भएको पहिलो मृत्यु मानिदै आएको थियो । उक्त तथ्यसँगै अमेरिकाले पहिलो पटक भएको कोरोना भाइरसले मृत्यु भएकाको टाइमलाइन परिवर्तन गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  १२ : ५६ बजे

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न

‘जो बोल्न सक्दैन, हिँड्न सक्दैन त्यो नेपाली कांग्रेसको सभापति हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मनसुरले बोल्न नसक्ने हिँड्न नसक्ने

कारबाही खारेज गर्दै गगनले भने : रूखबाहेक अन्त भोट हाल्नु पर्दैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कार्यकर्ताहरूले रुख

‘हामी सत्यको पक्षमा छौँ, कांग्रेस कसैको ‘प्राइभेट कम्पनी’ होइन’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई कसैको पनि प्राइभेट