ओली प्रचण्डबीच भेटवार्ता, अध्यादेश फिर्ता लिनेबारे छलफल | Khabarhub Khabarhub

ओली प्रचण्डबीच भेटवार्ता, अध्यादेश फिर्ता लिनेबारे छलफल


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सकारात्मक भएका छन् ।

विहीवार विहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेशको चर्को आलोचना र विरोध भएका कारण आफू फिर्ता लिन सकारात्मक भएको बताएको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका दुई अध्यक्षबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए ।

त्यस्तै प्रधानमन्त्री ओलीले आजै विहान नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरि छलफल गरेका छन् । त्यसक्रममा पनि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिनेबारे छलफल गरेको उच्च स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले पार्टीका शीर्ष नेतासहित नेकपा निकटका कानून व्यवसायीसँग छलफल गरिरहेका छन् ।

बुधवारबाट शुरु भएको नेकपाका सांसदहरुसँगको छलफल कार्यक्रम आजपनि जारी हुने कार्यतालिका थियो तर पछिल्लो घटनाक्रममा कारण उक्त छलफल समेत स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद बढेको छ । २० जना स्थायी समिति सदस्यले स्थायी समितिको बैठक बोलाउन माग गरेका छन् ।

संविधानको धारा ११४ को उपधारा २ खमा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ‌ओलीले अन्य दल फुटाउनका लागि अध्यादेश ल्याएको बताएका थिए । सांसदहरुसँगके छलफलका क्रममा ओलीले बुधवार नेकपा फुटाउनका लागि नभइ अन्य दलका लागि अध्यादेश ल्याइएको बताएका थिए ।

अध्यादेश जारी गरेर आफूहरुमा विभाजन ल्याउन लागेको भन्दै समाजवादी र राजपाबीच बुधबार एकता भइसकेको छ । उनीहरुले निर्वाचन आयोगमा पुगेर दल दर्ताको निवेदन दिएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  १ : ०४ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको