ओली प्रचण्डबीच भेटवार्ता, अध्यादेश फिर्ता लिनेबारे छलफल « Khabarhub

ओली प्रचण्डबीच भेटवार्ता, अध्यादेश फिर्ता लिनेबारे छलफल


११ बैशाख २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन सकारात्मक भएका छन् ।

विहीवार विहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेशको चर्को आलोचना र विरोध भएका कारण आफू फिर्ता लिन सकारात्मक भएको बताएको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीका दुई अध्यक्षबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए ।

त्यस्तै प्रधानमन्त्री ओलीले आजै विहान नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरि छलफल गरेका छन् । त्यसक्रममा पनि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिनेबारे छलफल गरेको उच्च स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले पार्टीका शीर्ष नेतासहित नेकपा निकटका कानून व्यवसायीसँग छलफल गरिरहेका छन् ।

बुधवारबाट शुरु भएको नेकपाका सांसदहरुसँगको छलफल कार्यक्रम आजपनि जारी हुने कार्यतालिका थियो तर पछिल्लो घटनाक्रममा कारण उक्त छलफल समेत स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद बढेको छ । २० जना स्थायी समिति सदस्यले स्थायी समितिको बैठक बोलाउन माग गरेका छन् ।

संविधानको धारा ११४ को उपधारा २ खमा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ‌ओलीले अन्य दल फुटाउनका लागि अध्यादेश ल्याएको बताएका थिए । सांसदहरुसँगके छलफलका क्रममा ओलीले बुधवार नेकपा फुटाउनका लागि नभइ अन्य दलका लागि अध्यादेश ल्याइएको बताएका थिए ।

अध्यादेश जारी गरेर आफूहरुमा विभाजन ल्याउन लागेको भन्दै समाजवादी र राजपाबीच बुधबार एकता भइसकेको छ । उनीहरुले निर्वाचन आयोगमा पुगेर दल दर्ताको निवेदन दिएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  १ : ०४ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट