पार्टी एकताबारे निर्वाचन आयोग र संसद सचिवालयमा जनता समाजवादी पार्टीको निवेदन « Khabarhub

पार्टी एकताबारे निर्वाचन आयोग र संसद सचिवालयमा जनता समाजवादी पार्टीको निवेदन


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको एकताको सहमति पत्र निर्वाचन आयोग र स‌घीय संसदको सचिवालयमा दर्ता गरिएको छ ।

बुधबार मध्यरातमा पार्टी एकता गर्ने गर्दै‘जनता समाजवादी पार्टी नेपाल’गठन भएसँगै विहीबार १० बजेपछि नेताहरु दल दर्ताका निवेदन दिनका लागि निर्वाचन आयोग पुगेका थिए ।

नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि राजेन्द्र श्रेष्ठ, कृष्ण शर्मा, मिथिलेस कुमार, फणिन्द्र देवकोटालगायत नेताहरु निर्वाचन आयोग पुगेका थिए ।

निर्वाचन आयोगमा दल दर्ता गरेपछि नेताहरु संघीय संसदमा पुगेका थिए । संसद सचिवालय पार्टी एकताको सहमति पत्रसहित निवेदन पेश गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएसँगै राजपा र सामाजवादीबीच एकीकरण भएको हो ।
समाजवादीका केही नेतालाई अपहरणको शैलीमा पार्टी फुटाउन लागेको भन्दै नेताहरु आपत्तीसमते जनाएका छन् । सत्तापक्षले नेताहरुलाई अपहरण गरेर पार्टी फुटाउन लागेको आरोप उनीहरुको छ ।
अध्यादेश जारीभएसँगै लामो समयदेखि मिल्न नसकेका राजपा र समाजवादीबीच एकता भएको हो ।

बुधबार राति भएको सहमति पत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

एकीकृत पार्टीको झण्डा हाल कायम समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहने सहमति भएको छ । चुनाव चिन्ह भने हाल कायम राजपा छाता रहने सहमति भएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  २ : १८ बजे

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक