सुदूरपश्चिममा १० हजार बढीको नमूना संकलन, ११ दिनयता देखिएनन् नयाँ संक्रमित « Khabarhub

सुदूरपश्चिममा १० हजार बढीको नमूना संकलन, ११ दिनयता देखिएनन् नयाँ संक्रमित


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना भाइरसको परीक्षण गर्न १० हजार ८३९ जनाको नमूना संकलन गरिएको छ । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गर्ने गरी १० हजार ८३९ व्यक्तिको नमूना सङ्कलन गरिएको हो ।

आरडीटी विधिमार्फत कोरोना परीक्षणका लागि ८ हजार २०३ र पीसीआरबाट दुई हजार ३३१ गरी १० हजार ८३९ व्यक्तिको नमूना सङ्कलन गरिएको हो ।

र्‍यापिड टेष्टबाट ५ जनामा पोजेटिभ देखिएको थियो भने र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकामध्ये पीसीआरबाट १ जनामा नेगेटिभ नतिजा देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५ जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ ।

९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशभरमा १० हजार २८२ किट मौज्दात रहेको निर्देशनालयका मेडिकल अधिकृत डा भूषण मिश्रले जानकारी दिए । यसैगरी सुदूरपश्चिम प्रदेशमा ११ दिनयता कोरोना भाइरसको नयाँ सङ्क्रमित देखापरेका छैनन् ।

वैशाख १ गते वीरगञ्जमा चिया पसल गर्दै आएकी लम्कीकी महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएयता अन्य कोहीमा नयाँ सङ्क्रमण देखिएको छैन । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी चैत ९ मा लम्की आएकी थिइन् । भुरुवामा आफन्तकहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।

वैशाख १ गते वीरगञ्जबाट फर्केकी महिलामा कोरोना पुष्टि भएपछि प्रदेशमा ३ पुरुष र २ महिला गरी सङ्क्रमितको संख्या ५ पुगेको थियो । चैत २२ गते कैलालीको धनगढी उपमहानगरपालिका–५ की महिलामा कोरोनाको पुष्टि भएपछि नेपालमा कोरानाको सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको थियो । दुबइबाट चैत ७ गते दिल्ली हुँदै फर्केका अमृत शाहीकी भाउजुमा कोरोनाको सङ्क्रमण देखिएको थियो ।

तीन डिस्चार्ज, दुई उपचारमा

प्रदेशमा कोरोना देखिएका पहिलो व्यक्ति हुन् अमृत शाही । प्रादेशिक अस्पतालमा २८ दिन बसेर वैशाख ९ गतेमात्र अस्पतालबाट डिस्चार्ज भएका छन् उनी । उनीभन्दा पछि चैत २२ मा कोरोना पुष्टि भएका लम्की चुहा नगरपालिका–९ का राज विक वैशाख ७ गते डिस्चार्ज भएका थिए । वैशाख १० गते कञ्चनपुरको वेदकोट नगरपालिकाका ४२ वर्षीय इन्द्र विक डिस्चार्ज भएका छन् । प्रदेशमा ५ सङ्क्रमित रहेकामा २ महिला मात्रै उपचारमा छन् ।

सेती प्रादेशिक अस्पतालले दुवै महिलाको अवस्था सामान्य रहेको जनाएको छ । सेती प्रादेशिक अस्पतालमा हालसम्म ३८ जना शङ्कास्पद व्यक्तिको उपचार भएको जनाइएको छ ।

२४ घण्टा यता नयाँ शङ्कास्पद व्यक्तिहरु नरहेको जानकारी दिइएको छ । प्रदेशमा अहिलेसम्म ९९ जनालाई आइसोलेसनबाट डिस्चार्ज गरिसकिएको छ भने ६ जना आइसोलेसनमा राखिएका छन् । प्रदेशमा ३२२ स्थानमा ६ हजार ७२८ श्ययाको क्वारेन्टाइन सञ्चालनमा छ । एक सय ८९ महिला र एक हजार ५७० पुरुष गरी एक हजार ७५९ जनालाई क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  २ : ४५ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक