सुदूरपश्चिममा १० हजार बढीको नमूना संकलन, ११ दिनयता देखिएनन् नयाँ संक्रमित « Khabarhub

सुदूरपश्चिममा १० हजार बढीको नमूना संकलन, ११ दिनयता देखिएनन् नयाँ संक्रमित


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना भाइरसको परीक्षण गर्न १० हजार ८३९ जनाको नमूना संकलन गरिएको छ । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गर्ने गरी १० हजार ८३९ व्यक्तिको नमूना सङ्कलन गरिएको हो ।

आरडीटी विधिमार्फत कोरोना परीक्षणका लागि ८ हजार २०३ र पीसीआरबाट दुई हजार ३३१ गरी १० हजार ८३९ व्यक्तिको नमूना सङ्कलन गरिएको हो ।

र्‍यापिड टेष्टबाट ५ जनामा पोजेटिभ देखिएको थियो भने र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकामध्ये पीसीआरबाट १ जनामा नेगेटिभ नतिजा देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५ जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ ।

९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशभरमा १० हजार २८२ किट मौज्दात रहेको निर्देशनालयका मेडिकल अधिकृत डा भूषण मिश्रले जानकारी दिए । यसैगरी सुदूरपश्चिम प्रदेशमा ११ दिनयता कोरोना भाइरसको नयाँ सङ्क्रमित देखापरेका छैनन् ।

वैशाख १ गते वीरगञ्जमा चिया पसल गर्दै आएकी लम्कीकी महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएयता अन्य कोहीमा नयाँ सङ्क्रमण देखिएको छैन । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी चैत ९ मा लम्की आएकी थिइन् । भुरुवामा आफन्तकहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।

वैशाख १ गते वीरगञ्जबाट फर्केकी महिलामा कोरोना पुष्टि भएपछि प्रदेशमा ३ पुरुष र २ महिला गरी सङ्क्रमितको संख्या ५ पुगेको थियो । चैत २२ गते कैलालीको धनगढी उपमहानगरपालिका–५ की महिलामा कोरोनाको पुष्टि भएपछि नेपालमा कोरानाको सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेको थियो । दुबइबाट चैत ७ गते दिल्ली हुँदै फर्केका अमृत शाहीकी भाउजुमा कोरोनाको सङ्क्रमण देखिएको थियो ।

तीन डिस्चार्ज, दुई उपचारमा

प्रदेशमा कोरोना देखिएका पहिलो व्यक्ति हुन् अमृत शाही । प्रादेशिक अस्पतालमा २८ दिन बसेर वैशाख ९ गतेमात्र अस्पतालबाट डिस्चार्ज भएका छन् उनी । उनीभन्दा पछि चैत २२ मा कोरोना पुष्टि भएका लम्की चुहा नगरपालिका–९ का राज विक वैशाख ७ गते डिस्चार्ज भएका थिए । वैशाख १० गते कञ्चनपुरको वेदकोट नगरपालिकाका ४२ वर्षीय इन्द्र विक डिस्चार्ज भएका छन् । प्रदेशमा ५ सङ्क्रमित रहेकामा २ महिला मात्रै उपचारमा छन् ।

सेती प्रादेशिक अस्पतालले दुवै महिलाको अवस्था सामान्य रहेको जनाएको छ । सेती प्रादेशिक अस्पतालमा हालसम्म ३८ जना शङ्कास्पद व्यक्तिको उपचार भएको जनाइएको छ ।

२४ घण्टा यता नयाँ शङ्कास्पद व्यक्तिहरु नरहेको जानकारी दिइएको छ । प्रदेशमा अहिलेसम्म ९९ जनालाई आइसोलेसनबाट डिस्चार्ज गरिसकिएको छ भने ६ जना आइसोलेसनमा राखिएका छन् । प्रदेशमा ३२२ स्थानमा ६ हजार ७२८ श्ययाको क्वारेन्टाइन सञ्चालनमा छ । एक सय ८९ महिला र एक हजार ५७० पुरुष गरी एक हजार ७५९ जनालाई क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  २ : ४५ बजे

भोजपुर महिला फुटबलमा धरानलाई हराउँदै सङ्खुवासभा-११ फाइनलमा

टक्सार– जिल्ला सदरमुकाममा आयोजित मेयर कप महिला फुटबल प्रतियोगिताअन्तर्गत आज

अब वन क्षेत्रलाई असर गर्नेभए पनि आयोजना सञ्चालन गर्न पाइने

काठमाडौं– अब वन क्षेत्रलाई असर गर्ने भएपनि वन क्षेत्रमा योजना

हुलाकबाट १९ जिल्लामा राहदानीसहितका सरकारी कागजात घरमै पुर्‍याउन थालियो

काठमाडौं– सरकारले सार्वजनिक सेवालाई घरदैलोमै पुर्याउने उद्देश्यले हुलाक सेवामार्फत सरकारी

रक्षा मन्त्रालयको लक्ष्यअनुसार ८० प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं– रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८० प्रतिशतभन्दा

अवैध लागूऔषधसहित कैलाली र चितवनबाट पाँच जना पक्राउ

काठमाडौं– कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो