कोरोना उपचारको व्यवस्था मिलाउन सांसदको माग | Khabarhub Khabarhub

कोरोना उपचारको व्यवस्था मिलाउन सांसदको माग


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पा जिल्लाबाट निर्वाचित सांसदले यहाँ कोरोना भाइरस संक्रमितको उपचार गर्ने व्यवस्था मिलाउन सरकारसंँग माग गरेका छन् । प्रतिनिधिसभाका सदस्यद्वय दलबहादुर राना र सोमप्रसाद पाण्डेयले उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग भेटी कोभिड–१९ को नियन्त्रणका लागि परीक्षण र उपचारको व्यवस्था मिलाउन आग्रह गरे ।

मन्त्रीहरुसँगको भेटमा सांसदले जिल्लामा कोरोना विशेष अस्पताल तत्काल निर्माण र पिसिआर परीक्षणको व्यवस्था गर्न माग गरे ।

पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री रानाले विभिन्न पाँचबुँदे सुझावसहित सीमाक्षेत्रमा निगरानी गर्न, आन्तरिक बन्दाबन्दी कायम राख्न, बाटामा अलपत्रलाई खानाको व्यवस्थापन गर्दै घरसम्म पुर्‍याउन तथा राहत सामग्री जनप्रतिनिधिबाटै वितरण गराई अनुगमन, समन्वय तथा आवश्यक सहजीकरणका लागि अनुरोध गरे ।

पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पाण्डेयले जिल्लामा कोरोना उपचार र परीक्षणको व्यवस्था भएमा प गुल्मी, स्याङ्जा, तनहुँ, अर्घाखाँची, नवलपुर र बागलुङका जनतालाई समेत सेवा प्रवाह गर्न सकिने बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ३ : ०३ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय