भिरबाट लडेर २ जनाको मृत्यु « Khabarhub

भिरबाट लडेर २ जनाको मृत्यु


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशको बझाङ र बागमती प्रदेशको रामेछाप जिल्लामा गरी भिरबाट लडेर २ जनाको मृत्यु भएको छ ।

बझाङको केदारस्युँ गाउँपालिका-९ ज्याडा बस्ने निर्मल बोहराको १४ वर्षीय छोरा सुकम बोहराको भिरबाट लडेर बुधबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घर नजिकैको भिरबाट करिब २ सय मिटर तल खसेर गम्भीर घाइते भएका सुकमको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र देउरा (रायल) तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै, रामेछापको लिखु तामाकोशी गाउँपालिका-२ सैपु बस्ने ६२ वर्षीया हर्कमाँया भुजेलको बुधबार राति भिरबाट लडेर मृत्यु भएको छ ।

सोही ठाउँस्थित तारुके सल्लेनी सामुदायिक वनको भिरमा घाँस काट्ने क्रममा अचानक भिरबाट करिब ५ सय मिटर तल लडेर उनको मृत्यु भएको हो ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ३ : ४७ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५