हिमपहिरोमा बेपत्ता भएका मध्ये थप एकजनाको शव फेला « Khabarhub

हिमपहिरोमा बेपत्ता भएका मध्ये थप एकजनाको शव फेला


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परी गत माघ ३ गते बेपत्ता भएका तीन नेपाली र चार कोरियन पर्यटक मध्ये थप एकको शव फेला परेको छ ।

पदयात्रा क्षेत्रको अन्नपूर्ण गाँउपालिका–११ स्थित हिमालयबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिम पहिरोमा हराएका एक जनाको बुधबार शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरी तथा पर्यटक प्रहरीले घटनास्थललाई सुरक्षित गरिसकेको तथा शव ल्याउने प्रक्रिया शुरु भएको पर्यटक प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

स्थानीय प्रहरीबाट हेर्दा नेपाली जस्तो देखिएपनि सनाखत भइनसकेको प्रहरीको भनाइ छ । घटनास्थल नजिकै तीन वटा झोला र चस्मा समेत फेला परेको बताइन्छ ।

“अहिले बेपत्ताका आफन्त जिल्ला प्रहरी कार्यालयमा आउनुभएको छ । उहाँहरु घटनास्थल पुगेर हेरेपछिमात्र शवको सनाखत हुन्छ ।” प्रहरी निरीक्षक खनालले भने  । पहिरोमा हराएका मध्ये एक नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ३ : ५२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५