हिमपहिरोमा बेपत्ता भएका मध्ये थप एकजनाको शव फेला | Khabarhub Khabarhub

हिमपहिरोमा बेपत्ता भएका मध्ये थप एकजनाको शव फेला


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा परी गत माघ ३ गते बेपत्ता भएका तीन नेपाली र चार कोरियन पर्यटक मध्ये थप एकको शव फेला परेको छ ।

पदयात्रा क्षेत्रको अन्नपूर्ण गाँउपालिका–११ स्थित हिमालयबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिम पहिरोमा हराएका एक जनाको बुधबार शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरी तथा पर्यटक प्रहरीले घटनास्थललाई सुरक्षित गरिसकेको तथा शव ल्याउने प्रक्रिया शुरु भएको पर्यटक प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

स्थानीय प्रहरीबाट हेर्दा नेपाली जस्तो देखिएपनि सनाखत भइनसकेको प्रहरीको भनाइ छ । घटनास्थल नजिकै तीन वटा झोला र चस्मा समेत फेला परेको बताइन्छ ।

“अहिले बेपत्ताका आफन्त जिल्ला प्रहरी कार्यालयमा आउनुभएको छ । उहाँहरु घटनास्थल पुगेर हेरेपछिमात्र शवको सनाखत हुन्छ ।” प्रहरी निरीक्षक खनालले भने  । पहिरोमा हराएका मध्ये एक नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ३ : ५२ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ