निको भएर घर फर्किए सनसिटी अपार्टमेन्टका २ जना कोरोना संक्रमित | Khabarhub Khabarhub

निको भएर घर फर्किए सनसिटी अपार्टमेन्टका २ जना कोरोना संक्रमित


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उनीहरु बिहीबार दिउँसो अस्पतालबाट डिस्चार्ज भइसकेको जानकारी दिए ।

पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने ५८ वर्षीया पुरुष र ८१ वर्षीया वृद्धको कोरोना निको भएको हो । पछिल्लो पटकको परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई बिहीबार डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले बताए ।

उनीहरु गत चैत ५ गते बेलायतको लण्डनबाट नेपाल आएर सनसिटी अपार्टमेन्टमा बसेका थिए । सरकारले विदेशबाट आउने नागरिकलाई र्‍यापिड डाइग्नोस्टि टेस्ट (आरडीटी) गर्ने क्रममा वैशाख १ गते सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनामा कोरोना संक्रमणको संकेत (एन्टिबडी पोजेटिभ) देखिएको थियो ।

एकै परीवारका तीनजामा कोरानो संक्रमण देखिएपछि उनीहरुलाई तत्काल पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

उनीहरु करिब १० दिनको अस्पताल बसाइ पछि बिहीबार डिस्चार्ज भएका हुन् । बिहीबार पाटन अस्पतालबाट डिस्चार्ज भएका उनीहरुसहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या ९ पुगेको छ ।

नेपालमा हालसम्म ४७ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकी ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म पिसिआर विधिबाट ९ हजार १ सय ९९ जनाको कोरोना परीक्षण गरिएको छ भने आरडीटी मार्फत ३४ हजार ५ सय २३ जनाको परीक्षण गरिएको छ ।

यस्तै, कोरोना भाइरस संक्रमणको लक्षण देखिएको आधारमा देशका विभिन्न अस्पतालमा गरी ८६ जना आइसोलेसनमा भर्ना भएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ४ : ५३ बजे

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ ।

सप्तरीमा प्रहरीको ‘सर्च अप्रेसन’ : गोली प्रहारबाट एक जनाको मृत्यु

सप्तरी– मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले

आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने

काठमाडौं- एप्पलले बहुप्रतीक्षित आईफोन–१७ सरिजका फोनहरु आगामी सेप्टेम्बर ९ मा