निको भएर घर फर्किए सनसिटी अपार्टमेन्टका २ जना कोरोना संक्रमित « Khabarhub

निको भएर घर फर्किए सनसिटी अपार्टमेन्टका २ जना कोरोना संक्रमित


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उनीहरु बिहीबार दिउँसो अस्पतालबाट डिस्चार्ज भइसकेको जानकारी दिए ।

पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने ५८ वर्षीया पुरुष र ८१ वर्षीया वृद्धको कोरोना निको भएको हो । पछिल्लो पटकको परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई बिहीबार डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले बताए ।

उनीहरु गत चैत ५ गते बेलायतको लण्डनबाट नेपाल आएर सनसिटी अपार्टमेन्टमा बसेका थिए । सरकारले विदेशबाट आउने नागरिकलाई र्‍यापिड डाइग्नोस्टि टेस्ट (आरडीटी) गर्ने क्रममा वैशाख १ गते सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनामा कोरोना संक्रमणको संकेत (एन्टिबडी पोजेटिभ) देखिएको थियो ।

एकै परीवारका तीनजामा कोरानो संक्रमण देखिएपछि उनीहरुलाई तत्काल पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

उनीहरु करिब १० दिनको अस्पताल बसाइ पछि बिहीबार डिस्चार्ज भएका हुन् । बिहीबार पाटन अस्पतालबाट डिस्चार्ज भएका उनीहरुसहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या ९ पुगेको छ ।

नेपालमा हालसम्म ४७ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकी ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म पिसिआर विधिबाट ९ हजार १ सय ९९ जनाको कोरोना परीक्षण गरिएको छ भने आरडीटी मार्फत ३४ हजार ५ सय २३ जनाको परीक्षण गरिएको छ ।

यस्तै, कोरोना भाइरस संक्रमणको लक्षण देखिएको आधारमा देशका विभिन्न अस्पतालमा गरी ८६ जना आइसोलेसनमा भर्ना भएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ४ : ५३ बजे

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र

आज २०८३ साल साउन ११ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ११ गते सोमबार सन् २०२६

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि