अपहरण गर्न होइन सांसद यादवले नै बोलाएर गएका थियौं : महेश बस्नेत « Khabarhub

अपहरण गर्न होइन सांसद यादवले नै बोलाएर गएका थियौं : महेश बस्नेत


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सांसद सुरेन्द्र यादवलाई अपहरण गरी काठमाडौं ल्याएको आरोप लागेका नेकपाका सांसद महेश बस्नेतले डा बाबुराम भट्टराई र उनका सहयोगीलाई साइबर क्राइमको मुद्दा चलाउनुपर्ने बताएका छन् ।

सामाजवादीका सांसद सुरेन्द्र यादवलाई अपहरण गरि काठमाडौं ल्याएको आरोप डा भट्टराई र विश्वदीप पाण्डेले लगाएका थिए ।

आरोपको प्रतिवाद गर्दै सांसद बस्नेतले आफूहरुको चरित्र हत्या गर्न खोजेको भन्दै उनीहरुलाई साइबर क्राइमको मुद्दा चलाउनु पर्ने बताएका हुन् ।

सांसद यादवको आफूहरुले नभइ डा भट्टराईहरुले अपहरण गराएको आरोप बस्नेतको छ ।

‘सुरेन्द्र यादव मेरा साथी हुन् । म, सांसद् किसान श्रेष्ठ र पूर्व आईजी सर्वेन्द्र खनाल उहाँको घर पुगेका हौं । उहाँले पारिवारिक आतिथ्यमा खाना खुवाउनुभयो । हामी सँगै काठमाडौं आएका पनि हौं’ सांसद बस्नेतले भने,‘तर, बाबुरामजी लगायतले अपहरणको आरोप लगाउनुभयो । उहाँहरुले लगाएको आरोपमा कुरा नबुझी केही मिडियाले मलाई बदनाम बनाउने प्रयास गरे।’

आफूहरु ‘लकडाउनमा अलपत्र परेका मानिसहरुलाई काठमाडौं उपत्यकाबाट बाहिर पठाउने भनि आफूहरु अध्ययन गर्न काठमाडौंबाट बाहिरिएको बेलामा सुरेन्द्र यादवले फोन गरेको सांसद बस्नेतको दाबी छ ।

‘उच्चस्तरीय संयन्त्रसँग सल्लाह गरेरै गएका थियौं । यही क्रममा पूर्व आईजी सर्वेन्द्र खनाल पनि हामीसँग जानुभएको थियो । हामी जाने क्रममा बाटोमा पर्ने जिल्लाका सांसद्हरुसँग सम्पर्क गर्दै, छलफल गर्दै गएका थियौं । त्यही बीच सुरेन्द्रजीले हामीलाई फोन गर्नुभयो ’ बस्नेतले भने ।

समाजवादी पार्टीका सांसद् सुरेन्द्र यादवको घरमै पुगेको र घन्टौं बसेर खाना खाँदै कुराकानी गरेको सांसद बस्नेतको भनाइ छ । आफूहरुले अपहरण गरेर मेरियट होटलमा राखेको कुरामा कुनै सत्यता नभएको बस्नेतको दाबी छ ।

‘सुरेन्द्रजीले म पनि काठमाडौं जानु छ भन्नुभयो । तपाईंहरु सत्तापक्षका सांसद् हुनुहुन्छ, प्रधानमन्त्रीसँग भेट गराइदिनुपर्‍यो भन्नुभयो’सांसद बस्नेतले भने, ‘हामी सबै जना तीनवटा मोटरमा सँगसँगै काठमाडौं आयौं ।’

काठमाडौंमा सांसद यादवले मेरियट होटलमा बस्छु भनेपछि आफूहरुले उनलाई होटल अगाडिसम्म पुर्‍याएर आआफ्नो घरतिर लागेको बस्नेतको दाबी छ ।

सांसद बस्नेतले विहान होटलमा पुगेर डा भट्टराईहरुले सांसद यादवको अपहरण गरेको बस्नेतको दाबी छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ५ : १६ बजे

राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी भए पदमुक्त

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी पदमुक्त भएका छन्

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौं– सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो निर्माणका

इरानी विदेशमन्त्री अराघची एक्कासी चीन जाँदै

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले चीन भ्रमण गर्ने भएका छन्

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण भएको

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता