संक्रमित युवतीको पाँचौँ परीक्षणको रिपोर्ट नेगेटिभ « Khabarhub

संक्रमित युवतीको पाँचौँ परीक्षणको रिपोर्ट नेगेटिभ


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- कोभिड–१९ बाट सङक्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको पाँचौँ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आउनुभएकी उहाँमा चैत १५ गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो ।

“बुधबार पठाइएको स्वाबको नमूना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ, भोलि नै अर्को परीक्षणका लागि नमूना पठाउँछौँ”, धवलागिरि अञ्चल अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भने ।

छैटौँ जाँचको रिपोर्ट पनि नेगेटिभ आए युवतीलाई अस्पतालबाट डिस्चार्ज गरिने जनाइएको छ । हाल उनी अस्पतालको आइसोलेसन कक्षमा चिकित्सकीय निगरानीमा छिन् । युवतीको स्वास्थ्य अवस्थामा भने सामान्य छ ।

युवतीसँगै बेल्जियमबाट आउँदा सङ्क्रमित भएकी बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिला भने निको भएर केही दिनअघि घर फर्किसकेकी छिन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ५ : ३३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५