पत्रकारलाई तत्काल पारिश्रामिक भुक्तानी गर्न पत्रकार महासंघको आग्रह « Khabarhub

पत्रकारलाई तत्काल पारिश्रामिक भुक्तानी गर्न पत्रकार महासंघको आग्रह


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासङ्घले कोरोना भाइरसको सन्त्रासका बीच आफ्नो ज्यान जोखिममा राखेर काम गर्ने पत्रकारलाई केही सञ्चार गृहले तलब नदिएकोप्रति आपत्ति प्रकट गर्दै पारिश्रमिक भुक्तानी गर्न आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षता काठमाडौंमा उपलब्ध पदाधिकारी तथा सदस्यसहितको बैठकपछि बिहीबार जारी प्रेस विज्ञप्तिमा दबावपूर्ण बेतलवी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानलाई तत्काल पारिश्रमिक भुक्तानी गर्न आग्रह गरिएको छ ।

कोरोनाको सङ्क्रमणले उत्पन्न गराएको सङ्कटपूर्ण अवस्थाले श्रमजीवी पत्रकारलाई प्रभावित पारिरहेको समयमा कान्तिपुर मिडिया ग्रुप तथा अन्नपूर्ण मिडिया ग्रुपसम्बद्ध पत्रकारलाई दबाब दिएर बेतलवी बिदा दिने र नेपाल रिपब्लिक मिडिया प्रालि, एभिन्युज टेलिभिजन, राजधानी दैनिकसहितका कतिपय सञ्चार गृहले लामो समयदेखि पारिश्रमिक नदिएकाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

महासङ्घले अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । बैठकले श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानूनीलगायतका संघर्ष गर्न महासङ्घले महासचिव रमेश विष्टको नेतृत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ ।

विश्वभरी फैलिएको कोरोना भाइरसको सङ्क्रमणले नेपाललाई प्रभावित पारिरहेको सन्दर्भमा आम सञ्चारकर्मी उच्च जोखिमका बीच जनतालाई सुसूचीत गराइरहेको निष्कर्ष निकाल्दै कोरोनाको सङ्क्रमण देखिएका जिल्लासहित सबै जिल्लामा अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीको र्‍यापिड टेस्टसहित परीक्षणको व्यवस्था मिलाउन बैठकले नेपाल सरकारसँग माग गरेको छ ।

कोरोना सङ्क्रमणको उच्च जोखिम मोलेर जनतालाई सुसूचीत गर्ने दायित्व पूरा गरिरहेका आम सञ्चारकर्मीलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर सत्य तथ्य समाचार सम्प्रेषण गर्न महासङ्घले आह्वान गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ६ : २५ बजे

राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी भए पदमुक्त

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी पदमुक्त भएका छन्

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौं– सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो निर्माणका

इरानी विदेशमन्त्री अराघची एक्कासी चीन जाँदै

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले चीन भ्रमण गर्ने भएका छन्

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण भएको

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता