लकडाउका कारण भारतमै रोकिएका किरीयापुत्रीको सीमा क्षेत्रबाट उद्धार « Khabarhub

लकडाउका कारण भारतमै रोकिएका किरीयापुत्रीको सीमा क्षेत्रबाट उद्धार


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाणिनी– अर्घाखाँचीको पाणिनी गाउँपालिकाले भारतीय सिमानामा अलपत्र परेका किरियापुत्रीसहित २ जनालाई उद्धार गरी घरमै किरिया बस्ने व्यवस्था मिलाएको छ ।

लकडाउनका कारण २२ दिनदेखि सुनौली नाकामा रोकिएका वडा नम्बर  ४ पटौटीको निगाली निवासी धनिश्वर विकको उद्वार गरिएको हो । उनका बुबा उदयबहादुर विकको यही वैशाख ८ गते राति निधन भएपछि किरिया गर्न उद्धार गरी ल्याइएको हो ।

बुबाको निधनपछि एक्ला छोरा धनीश्वर किरिया बस्न आउन नसकेपछि गाउँपालिकाले नेपाल सरकार र भारतको उत्तर प्रदेश सरकारसँग समन्वय गरेर २ जनालाई घरमा ल्याइएको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए ।

हिन्दू धर्म र संस्कृतिअनुसार छोरा बिना किरिया बस्न नमिल्ने भएपछि दुई देशका सरकारसँग समन्वय गरेर धनिश्वर र उहाँका छोरा राजुलाई घर ल्याइएको अध्यक्ष गौतमको भनाइ छ । ‘कसैसँग नछोइकन घरमा ल्याएर किरिया बसालेका छौँ, र्‍यापिड टेस्ट र स्वाब परीक्षण गराउँदा सबै रिपोर्ट नेगेटिभ देखिको छ,’ अध्यक्ष गौतमले भने ।

बुबाको मृत्यु हुँदा दागबत्ती दिन आउन नपाएका धनिश्वरले स्थानीय तहको सक्रियतामा किरिया गर्न पाएको बताए । छोरालाई लिएर रोजगारीका लागि भारत गएका धनिश्वर लकडाउन भएपछि स्वदेश फर्किए पनि २२ दिनदेखि सिमानामै अलपत्र परेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ६ : ४१ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर