पूर्व सचिव उपाध्यायलाई तत्काल रिहा गर्न कांग्रेसको माग « Khabarhub

पूर्व सचिव उपाध्यायलाई तत्काल रिहा गर्न कांग्रेसको माग


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलाई सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोप लगाई प्रहरीद्वारा पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस संसदीय दलको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समन्वय समितिका संयोजक बहादुरसिंह लामाले बिहीबार एक विज्ञप्तिमार्फत पूर्वसचिव उपाध्यायको पक्राउ संविधानको मर्म भावना विपरित रहेको भन्दै उनलाई विनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।

नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्दै कांग्रेस नेता लामाले सबै नेपालीले आफ्नो विचार राख्न पाउनु नैसर्गिक अधिकार भएको बताएका छन् । साथै उनले संविधानले दिएको स्वतन्त्रताको हक कुण्ठित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दै भर्त्सना गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ७ : ०२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५