प्रदेश नम्बर २ : लकडाउनका बेला चोर बाटो हुँदै भारतबाट १ हजार बढी नेपाल प्रवेश « Khabarhub

प्रदेश नम्बर २ : लकडाउनका बेला चोर बाटो हुँदै भारतबाट १ हजार बढी नेपाल प्रवेश


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मुलुकमा लकडाउन भएपछि प्रदेश नम्बर २ मा भारतबाट लुकिछिपी १ हजार १४० जना प्रवेश गरेका छन् । तीमध्ये सबैभन्दा बढी पर्सामा ३४३, सर्लाहीमा ३३३, सप्तरीमा १४५, सिरहामा १५४, धनुषामा ९१, महोत्तरीमा १५०, बारामा ८३ र रौतहटमा १४१ जना प्रवेश गरेका सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

यस प्रदेशअन्तर्गतका ८ वटै जिल्ला भारतसँग जोडिएका रहेकाले बढी सचेत रहनुपर्ने अवस्था देखिएको छ । प्रवेश गरेका मानिसलाई क्वारेन्टाइन, होम क्वारेन्टाइन र आइसोलेशनमा राखिएको छ । भारतबाट प्रवेश हुन नदिनका लागि स्थानीयले सचेत हुनुपर्ने, स्थानीय प्रहरी र नगर वा गाउपालिका, वडा कार्यालय र समाजिक विकास मन्त्रालयमा खबर गर्न सचिव घिमिरेले सुझाव दिएका छन् ।

यसैबीच, लकडाउनका कारण कृषि क्षेत्र प्रभावित भएकाले कृषिजन्य पदार्थको ढुवानीका लागि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले कोभिड–१९ र्‍यापिड रेसपोन्स टिमलाई क्रियाशील गरेको छ । सोका माध्यमबाट किसानले कृषि क्षेत्रमा उत्पादित वस्तुलाई बजारसम्म पु¥याउनका लागि जिल्लाका कृषि ज्ञान केन्द्रलाई जिम्मेवारी तोकिएको उनले जानकारी गराए ।

सोअन्तर्गत, कृषि ज्ञानकेन्द्र सप्तरी, कृषि ज्ञानकेन्द्र धनुषा, कृषि ज्ञान केन्द्र महोत्तरी र सर्लाहीका साथै बारा, पर्सा, रोतहट, सिरहास्थित कृषि ज्ञान केन्द्र र जनकपुरस्थित उष्णप्रदेशीय बागवानी नर्सरी केन्द्रलाई तोकिएको हो ।

यस्तै, पशुपक्षीतर्फ मत्स्य विकास केन्द्र लहान, सिरहा, मत्स्य विकास केन्द्र फत्तेपुर, सप्तरीलाई तोकिएको छ भने धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी जिल्लास्थित भेटनरी तथा पशुसेवा विज्ञ केन्द्रलाई तोकिएको सचिव डा रामप्रसाद घिमिरेले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ७ : १६ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन