सेनाद्वारा कोरोना भाइरसम्बन्धी प्रदर्शनी « Khabarhub

सेनाद्वारा कोरोना भाइरसम्बन्धी प्रदर्शनी


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा रहेको नेपाली सेनाको रणभीम गणले बिहीबार कोरोना भाइरससम्बन्धी प्रदर्शनी गरेको छ । मध्यपूर्वी पृतनाको आयोजनामा रणभीम गणले बिहीबार जिल्लाका सम्पूर्ण सरोकार पक्षलाई बोलाएर संक्रमण फैलिएमा रोकथाम, नियन्त्रण, यसबाट बच्न र बचाउने उपायबारे गणको परिसरमा प्रदर्शनी भएको हो ।

विभिन्न व्यक्तिले प्रयोग गर्ने ६ प्रकारका पीपीई तथा त्यसको प्रयोगको तरिका पनि प्रदर्शनीमा देखाइएको थियो । कोरोनाको संक्रमणबाट यदि कोही मानिसको मृत्यु भएमा मृत शरीर कसरी व्यवस्थापन गर्ने, परिवारजन संक्रमणबाट टाढा राख्ने, सान्त्वना दिने र अन्तिम संस्कार गर्नेसम्बन्धी विषय पनि प्रदर्शनीमा देखाइएको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । यद्यपि स‌ंक्रमित भएका व्यक्तिको मृत्यु भएको अवस्था कसरी मृत शरीरकाे व्यवस्थापन तथा अन्तिम संस्कार गर्ने भनेर प्रदर्शनीमा ‘डेमो’ प्रदर्शन गरिएको सेनाको रणभीम गणले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ७ : ४० बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग