सेनाद्वारा कोरोना भाइरसम्बन्धी प्रदर्शनी « Khabarhub

सेनाद्वारा कोरोना भाइरसम्बन्धी प्रदर्शनी


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा रहेको नेपाली सेनाको रणभीम गणले बिहीबार कोरोना भाइरससम्बन्धी प्रदर्शनी गरेको छ । मध्यपूर्वी पृतनाको आयोजनामा रणभीम गणले बिहीबार जिल्लाका सम्पूर्ण सरोकार पक्षलाई बोलाएर संक्रमण फैलिएमा रोकथाम, नियन्त्रण, यसबाट बच्न र बचाउने उपायबारे गणको परिसरमा प्रदर्शनी भएको हो ।

विभिन्न व्यक्तिले प्रयोग गर्ने ६ प्रकारका पीपीई तथा त्यसको प्रयोगको तरिका पनि प्रदर्शनीमा देखाइएको थियो । कोरोनाको संक्रमणबाट यदि कोही मानिसको मृत्यु भएमा मृत शरीर कसरी व्यवस्थापन गर्ने, परिवारजन संक्रमणबाट टाढा राख्ने, सान्त्वना दिने र अन्तिम संस्कार गर्नेसम्बन्धी विषय पनि प्रदर्शनीमा देखाइएको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन । यद्यपि स‌ंक्रमित भएका व्यक्तिको मृत्यु भएको अवस्था कसरी मृत शरीरकाे व्यवस्थापन तथा अन्तिम संस्कार गर्ने भनेर प्रदर्शनीमा ‘डेमो’ प्रदर्शन गरिएको सेनाको रणभीम गणले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ७ : ४० बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर