अदालतले रिहा गरेका विप्लवका भतिजालाई प्रहरीद्वारा पुनः पक्राउ « Khabarhub

अदालतले रिहा गरेका विप्लवका भतिजालाई प्रहरीद्वारा पुनः पक्राउ


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दघाट– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का भतिजा दिलीप चन्दलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालतको आदेशमा जिल्ला अदालतबाट थुनामुक्त दिलीपलाई प्रहरीले आज पुनः नियन्त्रणमा लिएको हो । बन्दीप्रत्यक्षीकरण निवेदनका आधारमा सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न जिल्ला अदालतलाई आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेशको कार्यान्वयन गर्दै जिल्ला न्यायाधीश अशोककुमार बस्नेत, नेपाल पत्रकार महासंघ जिल्ला शाखा र नेपाल बार एशोसियशनका प्रतिनिधिको रोहबरमा बिहीबार दिलीपलाई थुनामुक्त गरेलगत्तै जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरीको टोलीले परासीको बुद्धचोकबाट पक्राउ गरेको हो । पक्राउ परेका दिलीप विप्लवका दाइ चन्द्रबहादुरका छोरा हुन् ।

गत फागुन १९ गते कपिलवस्तुबाट अभद्र व्यवहारको आरोपमा पक्राउ परेका उनलाई चैत २३ गते जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले तारेखमा छाडेको थियो ।

सोही दिन उनलाई कपिलवस्तुबाट प्रहरीले पक्राउ गरी नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो ।

कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका ३२ वर्षीय दिलीपका बाबु चन्द समूहको गतिविधिमा संलग्न रहेको आरोपमा तुलसीपुरमा थुनामा छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ७ : ५० बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको